बुधबार, कात्तिक १९, २०८२

च्याम्पियन्स लिग : लिभरपुलको जित, इन्टरसँग बार्सिलोना पराजित

एनफिल्ड रंगशालामा सम्पन्न खेलमा प्रिमियर क्लब लिभपरपुलले पाहुना टिम रेन्जर्सविरुद्ध २–० को जित निकालेको हो।
 |  बुधबार, असोज १९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, असोज १९, २०७९

काठमाडौं- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत मंगलबार रातिको खेलमा लिभरपुलले जित निकालेको छ। एनफिल्ड रंगशालामा सम्पन्न खेलमा प्रिमियर क्लब लिभपरपुलले पाहुना टिम रेन्जर्सविरुद्ध २–० को जित निकालेको हो।

Kumaribank

लिभरपुलको जितमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड र मोहम्मद सलाहले समान १–१ गोल गरे। खेलको सातौं मिनेटमै अर्नोल्डले गोल गरेपछि लिभरपुलले अग्रता बनाएको थियो। यता ५३औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्र्दै उसले अग्रता दोब्बर बनाएको हो।

गएरातिकै अर्को खेलमा भने बार्सिलोना पराजित भएको छ। इन्टर मिलानको मैदानमा भएको खेलमा बार्सिलोनाले घरेलु टिमसँग् १–० को हार बेहोरेको हो।

इन्टरलाई जित दिलाउन हकन क्याल्हनोग्लूले गोल गरेका थिए। सोमबार रातिको खेलमा बायर्नले भिक्टोरीयालाई हराएको थियो।

प्रकाशित: Oct 05, 2022| 10:00 बुधबार, असोज १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।