शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लमहीको अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

लमहीको अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

दाङमा डुबेर दुईजनाको मृत्यु भएको छ।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

National life
Laxmi sunrise bank
kumari

दाङ- दाङमा डुबेर दुईजनाको मृत्यु भएको छ। लमही नगरपालिका वडा नम्बर ६ स्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाका प्रहरी नायब निरीक्षक प्रकाश जैसी ढकालले जानकारी दिए।

दिउँसो पाँच जना साथी मिलेर नुहाउन गएका थिए, जसमध्ये दुई जनाको मृत्यु भएको हो। लमही नगरपालिका ४ अर्नहवा निवासी १३ वर्षिय ललित परियार र १० वर्षिय अजित बिकको डुबेर मृत्यु भएको हो।

नुहाउने क्रममा बालक डुबेको खबर पाएलगत्तै सशस्त्र प्रहरी नायब निरीक्षक ढकालको कमान्डमा तालिमप्राप्त सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका थिए। जीवित उद्धारको प्रयास गरिए पनि सकिएन। बालकको शव लमही अस्पतालमा राखिएको छ।

प्रकाशित: Oct 04, 2022| 19:38 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।