आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियाली खेलकुद पत्रकार महासंघ कोषाध्यक्षमा राजवंशीको ह्याट्रिक

एसियाली खेलकुद पत्रकार महासंघ कोषाध्यक्षमा राजवंशीको ह्याट्रिक

प्रतिद्वन्द्वी मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समय नाम फिर्ता लिएपछि राजवंशी निर्विरोध भएका हुन्।
 |  मंगलबार, असोज १८, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १८, २०७९

काठमाडौं- एसियाली खेलकुद पत्रकार महासंघ ((एआइपीएस एसिया)को कोषाध्यक्षमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का पूर्वअध्यक्ष निरञ्जन राजवंशी पुनः विजयी भएका छन्। इटलीको रोममा जारी अन्तर्राष्ट्रिय खेलकुद पत्रकार महासंघ (एआइपीएस)को ८४औं विश्व सम्मेलन अवसरमा भएको एसिया महादेशको निर्वाचनमा राजवंशी कोषाध्यक्षमा निर्वाचित भएका हुन्। 

National life

प्रतिद्वन्द्वी मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समय नाम फिर्ता लिएपछि राजवंशी निर्विरोध भएका हुन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)का पूर्वअध्यक्ष राजवंशीको कोषाध्यक्षको रूपमा यो तेस्रो कार्यकाल हो। यसअघि उनी २०१६ मा बहराइनमा भएको निर्वाचनमा पहिलो पटक कोषाध्यक्ष भएका थिए। त्यसपछि अर्को वर्ष पाकिस्तानको इस्लामावादमा भएको निर्वाचनमा उनले सिरियाका प्रतिद्वन्द्वलाई पराजित गर्दै कोषाध्यक्ष भएका थिए। 

मंगलबार भएको निर्वाचनमा बाँकी प्रतिस्पर्धीले नाम फिर्ता लिएपछि १७ सदस्यीय कार्यसमिति निर्विरोध भएको छ।  एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदी सम्मिलित तीन सदस्यीय निर्वाचन समितिले एसियाको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो। 

अध्यक्षमा दक्षिण कोरियाका हि डोन जुङ निर्वाचित भए। सो पदका प्रतिस्पर्धी मलेसियाका अहमद खवारी इसाले नाम फिर्ता लिएका थिए।  त्यसैगरी प्रथम उपाध्यक्षमा साउदी अरेबियाका अदिल अल जहरानी, पाँच उपाध्यक्षमा मलेसियाका खवारी इसा, भारतका सबा नायकन, कतारका मुबारक बल बोइनिन, कुवेतका खलिल हैदर र इरानका मैजम जमानवादी निर्वाचित भए भने महासचिवमा पाकिस्तानका अमजद अजिज मलिक निर्विरोध भए। 

त्यसैगरी ८ सदस्यीय केन्द्रीय सदस्यमा ओमानका अहमद शैख अलकाबी, मकाउका निम फोङ, बंगलादेशका सनत बाब्ला, चाइनिज ताइपेईका हेलन ची, जापानका हिरोकी सोदा, कजाकिस्तानका इलियास ओमारोभ, प्यालेस्टाइनका सफ्वान अबु सनाब र यमनका अब्दुलसलाम हमोद अलि अलसाउदी निर्वाचित भए। 

Laxmi sunrise bank
kumari

सदस्यमा १५ जना प्रतिस्पर्धामा थिए। निर्वाचित भएपछि कोषाध्यक्ष राजवंशीले नेपाल एनएसजेएफको दरिलो साथले गर्दा एसियाली पत्रकारमाझमा उभिन सकेको बताएका छन्।  नयाँ कार्यसमितिले अर्को वर्ष एआइपीएस एसियाको कंग्रेस दक्षिण कोरियाको सोलमा अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको छ। 

प्रकाशित: Oct 04, 2022| 20:20 मंगलबार, असोज १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।