सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • दैलेखमा ४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान पक्राउ

दैलेखमा ४ महिने सुत्केरीमाथि तातोपानी खन्याउने श्रीमान पक्राउ

दैलेखमा एक युवकले ४ महिने सुत्केरी श्रीमतिलाई तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका छन्।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

सुर्खेत- दैलेखमा एक युवकले ४ महिने सुत्केरी श्रीमतिलाई तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका छन्। 

भैरवी गाउँपालिका-५ गौरीसल्लाका २६ वर्षीय दीपक नेपालीले श्रीमति हस्तनामाथि तातोपानी खन्याएर ज्यान लिने प्रयास गरेका हुन्। तातोपानी र अगुल्टोले हस्तनाको १३ प्रतिशत शरीर जलेको छ। 

ढाडको दाहिने भाग र अनुहारको देब्रे भाग जलेको अवस्थामा हस्तनाको दैलेख अस्पतालमा उपचार भइरहेको छ। पाँच वर्षअघि विवाह गरेका हस्तना र दीपकका ४ महिने र ३ वर्षीया २ छोरी छन्।

साउन २१ गते देउता चढेको भन्दै दीपकले श्रीमतिको शरीरमा तातो पानी खन्याउने र अगुल्टो झोसेर मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ। ‘देउता चढेको बहानामा श्रीमतिलाई मार्न खोजेको देखिन्छ’ दैलेखका डीएसपी अनुपम श्रेष्ठले भने, ‘रातिको समयमा श्रीमतिलाई तातोपानी खन्याउनु र बलेको अगुल्टोले झोस्नुले हत्या गर्न खोजेको आशंका छ।’

योजनाबद्ध रुपमा राति ९ बजे श्रीमतिको हत्या गर्न खोजेको प्रहरीले जनाएको छ। ‘घटना हुनुअघि श्रीमानले मदिरासमेत सेवन गरेका रहेछन्’ डीएसपी श्रेष्ठले भने, ‘घटना भवितव्य जस्तो देखाइए पनि यो योजनाबद्ध छ।’ घटना साउन २१ गते भएको भए पनि ढिलागरी बाहिरिएको हो। सुरुमा घटनालाई स्थानीयले गाउँमै मिलाउन खोजेको थिए। तर घाउ निको नभएपछि घटना प्रहरीसँग पुगेको हो।

kumari

घटना भएको चार दिनपछि पीडितकी आमा पाना दमाईले उजुरी दिएकी थिइन्। उजुरी परेपछि प्रहरीले पीडकलाई पक्राउ गरेको छ। पक्राउ परेका दीपकले मदिरा सेवन र देउता चढेकै कारण घटना भएको जिकिर गरेका छन्। दीपकले यसअघि पनि हस्तनालाई पटकपटक यातना दिने गरेको प्रहरीको भनाइ छ। 

प्रकाशित: Aug 09, 2021| 17:23 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।