काठमाडौं- सात खेलको टी-२० सिरिजमा इंग्ल्यान्डले पाकिस्तानलाई हराएको छ। पाकिस्तानको विभिन्न सहरमा भएका खेलहरुको सातौं खेलमा ६७ रनको जित निकाल्दै ४-३ ले सिरिज आफ्नो बनाएको हो।
यसअघि छ खेल सकिँदा दुवै टिमले समान ३-३ खेल जितेका थिए। त्यसैले अन्तिम खेलमा जसले जित निकाल्छ त्यसैले उपाधि जित्ने पक्का थियो। अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका डेबिडम मलनले ४७ बलमा अविजित ७८ रन बनाएका थिए।
पछि उनी म्यान अफ दि म्याच समेत भए। उनको सहयोगमा इंग्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेट मात्र गुमाउँदै २०९ रन बनाएको थियो। जवाफमा पाकिस्तानले आठ ओभर खर्च गर्दै १४२ रनमा समेटिएको थियो।
यससँगै इंग्ल्यान्डले जित निकालेको हो। यो सिरिज सकिएपछि इंग्ल्यान्डले अष्ट्रेलियासँग खेल्नेछ। पकिस्तानले भने बंगलादेशसँ खेल्ने तय छ।