आइतबार, मंसिर ७, २०८२

इंग्सिल प्रिमियर लिगमा म्यानचेस्टर यूनाइटेडको हार

म्यानचेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा यूनाइटेडले ६–३ को हार बेहोरेको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- इंग्सिल प्रिमियर लिग (ईपीएल) मा फेरि एकपटक म्यानचेस्टर यूनाइटेडले हार बेहोरेको छ। म्यानचेस्टर सिटीको घरेलु मैदानमा सम्पन्न भएको खेलमा यूनाइटेडले ६–३ को हार बेहोरेको हो।

National life

फरवार्ड फिल फोडेन र इर्लिङ हाल्यान्डले ह्याट्रिक गरेपछि यूनाइटेडले हार बेहोरेको हो। फोडेनलले खेलको आठौं मिनेटमै गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ३४औं मिनेटमा हाल्यान्डले पहिलो गोल गरे।

३७औं मिनेटमा हाल्यान्ड र ४४औं मिनेटमा फोडेनले गोल गरेपछि पहिलो हाफमै सिटीले चार गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा यूनाइटेड केहि बलियो देखियो।

५६औं मिनेटमा एन्थोनीले गोल फर्काएका थिए। तर ६४औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे भने ७३औं मिनेटमा फोडेनले ह्याट्रिक पुरा गरेका थिए।

तर खेलको ८४औं मिनेटमा एन्थोली मार्सलले गोल गरेर गोलअन्तरलाई ६–२ बनाएका थिए। त्यस्तै, खेलको इन्ज्युरी समयमा युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो। सो, अवसरमा मार्सनलले गोल गरेसँगै खेलको नतिजा ६–३ भएको हो।

Laxmi sunrise bank
kumari

गएराति हार बेहोरेको यूनाइटेड छैटौं स्थानमा छ। लिगमा दुई बराबरी सँगै आठ खेलमा अपराजित सिटी चाहिँ दोस्रो स्थानमा छ। लिगमा एक खेलमा पराजयको सिकार भइसकेको आर्सनल २१ अंकका साथ शीर्षस्थानमा रहेको छ। आइतबार रातिकै अर्को खेलमा भने लिड्स युनाइटेडले एस्टन भिल्लासँग गोलरहित बराबरी खेलेको छ।

प्रकाशित: Oct 03, 2022| 08:35 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।