मंगलबार, फागुन १९, २०८२

रियाल मड्रिडले गुमायो शीर्षस्थानमा पुग्ने अवसर

आइतबार राति रियलकै सान्टियागो बर्नाबेउमा उसले शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- स्पेनिस टप डिभिजनको फुटबल ला लिगाको शीर्षस्थानमा उक्लने अवसर रियल मड्रिडले गुमाएको छ। आइतबार राति रियलकै सान्टियागो बर्नाबेउमा उसले शीर्षस्थानमा उक्लने अवसर गुमाएको हो।

शनिबारसम्म छ खेल खेलेको रियलले सतप्रतिसत (१८) अंक बनाएको थियो। तर आइतबार राति ओसासुनाविरुद्धको खेलमा बनाएको अग्रता जोगाउन नसकेपछि रियल १–१ को बराबरीमा रोकिएको हो।

खेलको ४२औं मिनेटमै भिनिसियस जुनियरको गोलबाट अग्रता बनाएको रियलले ५०औं मिनेटमा अग्रता गुमाएको थियो। ओसासुनाका लागि किके गर्सियाले गोल गरेका थिए।

तर ७८औं मिनेटमा एरिक गर्सियाले सीधै रातो कार्ड पाएपछि उनी बाहिरिएका थिए। घटनाको विवरण दिन आएका फररवार्ड किके गर्सियाले पनि पहेँलो कार्डको सामना गरेका थिए। यता रेफ्रीले रियलले पेनाल्टीको अवसर प्रदान गरेका थिए। पेनाल्टीमा फरवार्ड करिम बेञ्जिमाले गोल गर्न सकेनन्। 

यससँगै रियल शीर्षस्थानमा पुग्न चुक्यो। उसले अहिले सात खेलबाट १९ अंक बनाएको छ। सात खेलबाटै समान अंक भएको बार्सिलोना लिगको शीर्षस्थानमा छ। यता ओसासुना १३ अंकका सा छैटौं स्थानमा छ।

kumari

प्रकाशित: Oct 03, 2022| 07:34 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।