काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ८५ पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२७ रुपैयाँ २७ पैसा र बिक्री दर १२७ रुपैयाँ ८५ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १४४ रुपैयाँ ९४ पैसा र बिक्री दर १४५ रुपैयाँ ६१ पैसा छ।
यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ५६ पैसा र बिक्री दर १३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको।
अस्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ १६ पैसा र बिक्री दर ८३ रुपैयाँ ५४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ३४ पैसा छ।
जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९७ पैसा र बिक्री दर ९ रुपैयाँ ०१ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ २५ पैसा र बिक्री दर १८ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३४ रुपैयाँ ५५ पैसा र बिक्री दर ३४ रुपैयाँ ७१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५३ पैसा र बिक्री दर ३५ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ०२ पैसा र बिक्री दर ९ रुपैयाँ ०६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। -यस्तो छ आजको विनिमय दर