शुक्रबार, मंसिर २२, २०८०

अनि दसैं आउँथ्यो गाउँमा

घर लिपपोत गरेपछि पनि हाम्रो दसैंको चटारो सकिन्थेन। विद्यालय र घरको लिपपोतपछि बल्ल गाउँ सफाइ अभियान चल्थ्यो। मेरो गाउँ मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पर्छ। त्यसैले त्यहाँ सामूहिकता बलियो थियो।
 |  मंगलबार, असोज १८, २०७९
averest bankaverest bank

विनोद परियार

विनोद परियार

मंगलबार, असोज १८, २०७९

श्री ज्ञानोदय प्राविलाई लिपपोत गरेपछि नै दसैंको स्वागत हुन्थ्यो। केशर बहादुर चितौरे जसले झुपडीमा हामीलाई पढाउनुभयो, उहाँकै अग्रसरतामा भवन चिटिक्क पार्ने काम हुन्थ्यो। विद्यालय नजिकै कमेरो माटो पाइन्थ्यो। बुलिङटार (नवलपरासी पूर्व) का प्रायः सबैले ज्यामिरेमा रहेको कमेरो माटोले नै दसैं घर रंग्याउँथे। हामी दसैं आउन १५ दिन अघि नै स्कुलमा कमेरोले लिपपोत गर्थ्यौं।

sagarmatha cement

शुरुवातको वर्षमा कोषराज पौडेल हाम्रो विद्यालयको हेडसर हुनुहुन्थ्यो। उहाँ र केशर चितौरेले नै दसैंका बेला विद्यालय लिपपोतको वार्षिक क्यालेन्डर बनाउनुभएको हो। त्यसपछि विद्यालयको हेडसर बनेका मनिलाल गौतमको पालामा पनि विद्यालय लिप्ने काम जारी रह्यो। त्यतिखेर शेरबहादुर पाटा, बुद्धिमाया पाटा, चेतन पुलामी, दुर्गा परियार, लोकबहादुर राना, बद्री विरकट्टा लगायतका साथीहरु कमेरो माटो बोक्न र लिप्नमा व्यस्त हुन्थ्यौं। अघिल्लो दिन कमेरो माटो ल्याएर भिजाइन्थ्यो। अनि भोलिपल्ट घरघरबाट कुचो बोकेर विद्यालय सिगार्न जुट्थ्यौं।

दसैं आउँदा विद्यालय सिगार्न विद्यार्थी मात्रै होइन, सरहरु पनि खुब कस्सिनुहुन्थ्यो। मोहन पाटा, शिव कुमाल (हाल स्व.), पूर्ण रानाभाट सहितका सर बेञ्चमाथि चढेर कुचो छ्यापेको झलझली सम्झेको छु। वास्तवमा दसैंको स्वागत त हामीले विद्यालय पोतेर पो गर्थ्यौं। ज्यामिरे स्कुल सेतो माटो र ब्याट्रीको कालोले बुट्टेदार भएपछि नै गाउँमा दसैं आएको आभास हुन्थ्यो।  

हामीले मूलबाटोसँगै घाँसदाउरा गर्नेसम्मका बाटोहरु सफा गर्थ्यौं। बाटो सफा गर्दै हिँड्दा खुब रमाइलो हुन्थ्यो। कोही वर्षाले खाल्डो पारेको बाटाहरु कोदालोले सम्याउँथे। कोही झाडी फाड्थे। बुढाडीँदेखि छेप्रादी, सादखोला र गैरीगाउँसम्म नै सफा हुन्थ्यो। वर्षदिन झाडीले भरिएको बाटो सफा र फराकिलो देख्दा दसैंले थप रौनकता पाएको महसुस हुन्थ्यो।

विद्यालय पोत्ने काम सकिएपछि मात्रै विदा हुन्थ्यो। अनि हामी बल्ल घर पोत्न लाग्थ्यौं। साइनोले काका तर साथी नै भन्दा पनि फरक नपर्ने दुर्गे काकाले बिहानै कमेरो माटो लिन ब्युँझाउनुहुन्थ्यो। स्कुल लिपपोत गरेको भोलिपल्टदेखि नै हामी घर पोत्न हौसिन्थ्यौं। म सानैदेखि भारी बोक्न सक्दिनथेँ। दुर्गे काकाले धेरै कमेरो माटो बोक्नुहुन्थ्यो, मैले थोरै बोक्थेँ। नपुगे दुर्गे काकाले बोकेको कमेरो प्रयोग हुन्थ्यो।

माटो ल्याएपछि आमा, दिदी र वहिनीहरु समेत कस्सिएर घर लिप्थ्यौं। घरको दैलो र बीचमा ब्याट्रीको कालो निकालेर पोत्दा साँच्चिकै घर सुन्दर हुन्थ्यो। घरमाथि रातो माटो पाइन्थ्यो। मेरो गाउँ बुलिङटारका सबै त्यहि रातडाँडाको माटो भारीका भारी बोकेर जान्थे। घरको माथिपट्टी सेतो माटो, बीचमा कालो र तल्लो भागमा रातो माटोले लिपेपछि अहिलेका नम्बरवान पेन्ट्सले रंगिएका घरभन्दा कम हुँदैनथ्यो।

Metro Mart
worldlink

घर लिपपोत गरेपछि पनि हाम्रो दसैंको चटारो सकिन्थेन। विद्यालय र घरको लिपपोतपछि बल्ल गाउँ सफाई अभियान चल्थ्यो। मेरो गाउँ मगर समुदायको बाहुल्यता भएको क्षेत्रमा पर्छ। त्यसैले त्यहाँ सामूहिकता बलियो थियो। हामीले मूलबाटोसँगै घाँसदाउरा गर्नेसम्मका बाटोहरु सफा गर्थ्यौं। बाटो सफा गर्दै हिँड्दा खुब रमाइलो हुन्थ्यो। कोही वर्षाले खाल्डो पारेको बाटाहरु कोदालोले सम्याउँथे। कोही झाडी फाड्थे। बुढाडीँदेखि छेप्रादी, सादखोला र गैरीगाउँसम्म नै सफा हुन्थ्यो। वर्षदिन झाडीले भरिएको बाटो सफा र फराकिलो देख्दा दसैंले थप रौनकता पाएको महसुस हुन्थ्यो।

गाउँमा यसको अगुवाइमा पहिल्यैदेखि इन्द्र पुलामी, नेत्र पाटा, जगत पुलामी, दुर्गा दर्लामी, प्रेम विक, हाम्रा साइँला हजुरबाको बढी नै सक्रियता हुन्थ्यो। यसका अलावा अरु पनि थुप्रै गाउँका अग्रजहरु हुनुहुन्थ्यो, जसले गाउँ सफा राख्न बिहानैदेखि गाउँलेहरु जुटाउने काममा लाग्नुहुन्थ्यो। म त्यतिखेर सानै थिएँ जतिखेर मेरा काका र दिदीहरु सफाइमा लाग्नुभयो। तर म पनि लगातार ४–५ वर्षसम्म बाटो सफा गर्नेमा जुटेँ।

घाँसदाउरा गर्नेदेखि गाउँको मूलबाटोसम्म सबै मिलेर सफा भएपछि नै गाउँमा दसैं औपचारिक रुपमा भित्रिन्थ्यो। यसका अलावा म र दुर्गे काकाले भने हाम्रो घरको वरपर मोटरबाटो जस्तै गरी बाटो बनाउने प्रयासमा जुट्थ्यौं। म र दुर्गे काकाले दसैंमा हाम्रो घरको बाटो लोभै लाग्ने बनाएका थियौं। पछि केयरसिंह बाबुले पनि साथ दिएपछि बाटोलाई अझै सुन्दर बनायौं। दसैं आयो है भन्ने जानकारी बाटोले नै दिन्थ्यो। यी सबै काम गर्ने उर्जा दसैंको उमंगले थप्थ्यो।  

विस्तारै उमेर बढ्दै गएपछि साथीहरु पनि थपिँदै गए। दसैंप्रतिको उमंगको रुप परिवर्तन हुँदै गयो। सानोमा जुने काका कोटघरमा बाजा बजाउन जाने भनेपछि म पनि पछि लाग्थेँ। रातभरि कोटघरमा बाजा बजाएर फूलपाती सेलाएर पिपलछाप झरेपछि कहिलेकाहीँ टीका नै नलगाई बाजा बजाउन काकाहरु व्यस्त भएको सम्झना ताजै छ।

डाँडाथोक कोटघरमा बडई (दमाहा बजाउने) लाग्न थालेपछि मन हौसिन्थ्यो। बुलिङटारको कोटघर अग्लो ठाउँमा भएकाले पनि होला बडईको आवाजले जमरा राख्ने सन्देश एकैचोटी थाहा हुन्थ्यो। बडई लगाउन दमैगाउँबाट कट्वाले लाटो दिन दिनै हिँडेर कोटघर जानुहुन्थ्यो।  

अरु बेलामा डाँडाथोक नजानेहरु पनि फूलपातीका दिन भने त्यहाँ पुगेकै हुन्छन्। अहिले यो क्रम घट्दो छ। अष्टमीका रातमा पूजाआजा, बाजागाजा सहित नचरी हेर्नेहरुको घुइँचो लाग्छ। मगर समुदायकै अगुवाइमा पूजाआजा हुन्छ। मगरहरुको नचरी हेर्न मान्छेहरु लामबद्ध हुन्थेँ। प्रत्येक वर्ष एउटा–एउटा गाउँको नचरी निस्कन्थ्यो। डाँडाथोक, बतासा, वाङचुङ, पिपलछाप, छरछरे, गोडडाँडा र डाँडाझेरीको नचरी (मौलिक नाच) बीच प्रतिस्पर्धा हुन्थ्यो। अहिले यो विस्तारै कम हुँदै छ।

डाँडाथोकको कोटघरमा बुलिङटारबाट मात्रै होइन, तनहुँबाट समेत भक्तजन र अवलोकनकर्ताको जमघट हुन्थ्यो। यतिसम्म कि छुट्टीमा आएका आर्मी, प्रहरी र विदेशबाट आएका लाहुरेहरुको प्रदर्शनी पनि त्यहि ठाउँमा हुन्थ्यो। विभिन्न थरीका अत्तर दलेर आएकाहरुको बासना छाउँथ्यो।

विस्तारै उमेर बढ्दै गएपछि साथीहरु पनि थपिँदै गए। दसैंप्रतिको उमंगको रुप परिवर्तन हुँदै गयो। सानोमा जुने काका कोटघरमा बाजा बजाउन जाने भनेपछि म पनि पछि लाग्थेँ। रातभरि कोटघरमा बाजा बजाएर फूलपाती सेलाएर पिपलछाप झरेपछि कहिलेकाहीँ टीका नै नलगाई बाजा बजाउन काकाहरु व्यस्त भएको सम्झना ताजै छ।

घरमा बुवाआमालई सिलाउन हतार। दसैंको टीकाको साइतसम्म पनि वुवा नयाँ कपडा सिलाउनमै व्यस्त हुनुहुन्थ्यो। खानपिन गर्दै हतार हतारमा मेशिन चलाउँदा कहिलेकाहीँ दसैं खल्लो हुन्थ्यो। पछि विस्तारै ठूलो हुँदै गएपछि भने यो त हाम्रो काम नै हो भन्ने लाग्यो। बुवा आमालाई सिलाउनको हतार, मलाई साथीहरुसँग कोटघर गएको, बाटो सफा गरेको अनि स्कुल पोतेको सम्झँदा साँच्चिकै दसैं त त्यो पो हो त भन्ने लाग्या छ। २५ वर्षअघि मेरो दसैं र अहिलेको दसैंमा त आकाश पातलकै फरक छ।

अहिले म २५ वर्षअघिको परिवेशमा पनि छैन। अर्को कुरा त्यस्तो अवस्था मेरो गाउँमा पनि छैन। त्यो क्षण वास्तविक दसैंको थियो। म बुटवलमा पत्रकारिता पेशामा रमाइरहेको छु। दसैंसँगै म मात्रै छैन। हिजो मेरा वुवाआमाले जे कर्तव्य पालना गर्नुभएको थियो। त्यसको केही अंश भएपनि मैलै बहन गर्नुपरेको छ।

दसैं मनाउने संस्कारमा परिवर्तन आएको छ। खानपानको परिकार फेरिएको छ। अनि सहकार्यले गाउँ नै सफा गर्ने सोचमा पनि परिवर्तन आएको छ। आज म आफैंले भनिरहेछु, दसैं त त्यो पो हो, यो त फगत मनाउनका लागि मात्रै मनाइएको रहेछ भन्ने लाग्छ।

प्रकाशित: Oct 04, 2022| 10:52 मंगलबार, असोज १८, २०७९
kumari bankkumari bank
Everest bankEverest bank
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

विश्व समुदायमा पुग्यो हिमाल र हिमनदीको मुद्दा, अब के हुन्छ ?

औद्योगिक देशले आफ्ना प्रतिबद्धतालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्न सकेको खण्डमा ओजन तहको संरक्षण पनि गर्न सकिन्छ।
अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

अश्वत्थामा मरेको अफवाह र मिथ्या सूचनाको महामारी

सञ्जालमा कुनै कुरा लेख्नु वा पोस्ट गर्नुअघि आफैंलाई प्रश्न सोध्न पनि जरुरी छ। यो प्रसंग-विषय राख्ने कि नराख्ने ? यो अहिल्यै नै राख्न उपयुक्त छ...
सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

सामाजिक सञ्जालले नै बिगारेको हो समाज ?

हाम्रो संस्कार, संस्कृति, प्रथा, प्रचलन, मूल्य, मान्यता तथा सामाजिक सद्भावविरुद्ध नकारात्मक प्रभावलाई बढावा हाम्रो पूर्वीय सभ्यतामाथि नै चुनौती थप्दै लैजाने कुरा सही हुन सक्दैन।
यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

यसकारण जरुरी छ सामाजिक सञ्जाल नियमन

अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि जसरी पनि गर्न पाइने भन्ने व्याख्या हुने हो भने अब लोकतन्त्रको विश्वसनियता उपर पनि प्रश्न तेर्सिन सक्छ। सबै सामाजिक सञ्जालहरुको...
नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

नेपालमा टिकटक नियमन सम्भव नभएपछि प्रतिबन्धको बाटो रोजियो

आजको सन्दर्भमा सबैभन्दा धेरै दुरूपयोग टिकटकको देखिएको छ। त्यसको नियमनका लागि राज्यको तर्फबाट पर्याप्त गृहकार्य र तयारी गरिएको देखिन्छ, यद्यपि नियमन सम्भव भएन। त्यसैले सरकार...