सोमबार, पुस २८, २०८२

हेटौंडामा धार्मिक विधिपूर्वक फूलपाति भित्र्याइयो

बडादसैँको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्मिक विधिपूर्वक भित्र्याइयो ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

हेटौंडा- बडादसैँको उपलक्ष्यमा हेटौँडा उपमहानगरपालिका–१० राप्तितडस्थित गोरेक्षश्वर महादेव मन्दिरको परिसरबाट आज बिहान निस्किएको धार्मिक भक्तजनको शुभयात्रासहित ल्याइएको फूलपाती स्थानीय भूटनदेवी मन्दिरको जमरा घरमा धार्मिक विधिपूर्वक भित्र्याइयो ।

National life

उक्त अवसरमा नेपाली सेनाको एक टुकडी र नेपाल प्रहरीको जवानले हर्षबढाईसहित सलामी अर्पण गरेका थिए।आजै बिहान फूलपाती लिन मकवानपुरका प्रजिअ राजेन्द्रदेव पाण्डे, हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण बज्राचार्य, नेपाली सेनाका उच्च अधिकृत, स्थानीय समाजसेवी, धार्मिक भक्तजन र राजनीतिक दलका प्रतिनिधि स्थानीय गोरेक्षश्वर मन्दिरमा पुगेका थिए।

यसैगरी गोरेक्षश्वर मन्दिरबाट निस्किएको अर्को धार्मिक शुभयात्राले हेटौँडा उपमहानगरपालिका–२ वनस्खण्डीको जमरा घरमा ल्याएको फूलपाती आजै वनस्खण्डी मन्दिरमा भित्र्याइएको मन्दिर  व्यवस्थापन समितिका अध्यक्ष राममान श्रेष्ठले जानकारी दिए ।

सोही स्थानमा फूलपाती भित्र्याउन नेपाली सेनाको म्याउली बाजा र नेपाल प्रहरीको ब्याण्ड बाजा, झाँक्री र धार्मिक भक्तजन सम्मिलित शुभयात्राले हेटौँडा नगरको विभिन्न स्थानमा परिक्रमा गरेको थियो।

प्रकाशित: Oct 02, 2022| 12:46 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।