शुक्रबार, मंसिर १२, २०८२

स्याङ्जामा थपिए नयाँ दुई मतदान केन्द्र

प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

स्याङ्जा- स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र  दुई नयाँ केन्द्र थपिएको छ। प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिए।

National life

जिल्लामा कूल एकसय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक÷एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो। वालिङ नगरपालिका– ८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ ८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा सारिएको छ। बिरुवा १ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा १ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उहाँले जानकारी दिए।

भौगोलिक कठिनाईका कारण अपायक, साँघुरो, पुराना भवनलगायत कारणले राजनीतिक दलहरुको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको हो।

'यसअघिका निर्वाचनमा एकसय ९९ मतदानस्थलमा तीन सय १८ वटा मतदान केन्द्रमा मतदान हुन्थ्यो,' सूचना अधिकारी  गौतमले भने, 'अहिले दुई वटा नयाँ निर्वाचन केन्द्र थप गरी तीन सय २० वटा पुर्‍याइएको छ।'

एउटा निर्वाचन केन्द्रमा अधिकतम एक हजार ५० जना पुगेपछि दोस्रो निर्वाचन केन्द्र रहने प्रावधान अनुसार मतदाताको संख्या थपिएसँगै केन्द्र पनि थप गरिएको उनले जानकारी दिए। दुई वटा नयाँ मतदान केन्द्र वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको हो। जेठीकन्यामा एउटा थपिएसँगै दुई वटा मतदान केन्द्र भएको छ भने केदारनाथ मन्दिरमा एउटा थपिएसँगै तीन वटा मतदान केन्द्र पुगेको छ।

Laxmi sunrise bank
kumari

आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि कूल मतदाता दुई लाख ४४ हजार ८९ छन्। तीमध्ये महिला एक लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना रहेका उक्त कार्यालयले जनाएको छ।

प्रकाशित: Oct 02, 2022| 17:35 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।