शनिबार, माघ ५, २०८१
Siddartha premir insuranceSiddartha premir insurance

संकटमा सखिया

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'
 |  आइतबार, असोज १६, २०७९

नवीन अभिलाषी

नवीन अभिलाषी

आइतबार, असोज १६, २०७९

ntc landingntc landing

नेपालगञ्‍ज- एक दशकअघि बैजापुरमा यस्तो सुनसान थिएन। युवायुवती हुन्थे, गाउँमा चहलपहल बढ्थ्यो। आफन्तहरु पनि घरघरमा पाहुना बस्थे। प्रत्येक साँझ मादल बज्थ्यो। सखिया नाँच्‍न युवतीहरु सम्साँझै काम सिध्याएर भलमन्साको घरमा पुगिसकेका हुन्थे।  

himalayan bank box

तर, राप्तीसोनारी गाउँपालिका ३ बैजापुरका सन्तोष चौधरीलाई अहिले कुनै उत्साह नै छैन। छिटफूट मादल बजाए पनि नाँचे पनि वर्षौ पहिले गाउँमा सखिया नाँचले ल्याउने रौनक विस्तारै मासिन थालेको छ। 'अहिले त केही छैन, पुरै गाउँ सुनसान छ।' कृषि कर्ममा लागेका सन्तोषका साथीसंगीहरु अहिले धमाधम सहरबाट गाउँ फर्किदैछन्, 'गाउँमा कोही छैन, नाच्ने मान्छे भए पो रमाइलो हुन्छ।' 

पश्चिम नेपालको थारु गाउँबाट सखिया नाँचको मौलिक परम्परा मासिन थालेको छ। थारु बाहुल्य पश्चिम नेपालको तराईका जिल्लामा यतिबेला दसैंको सखिया नाँचको रौनक हुनुपर्थ्यो। कृष्णजन्माष्टमी पछि गुन्जायमान हुने गाउँघर समयक्रम अनुसार विस्तारै सुनसान बन्‍न थालेका छन। सखिया नाँचमा युवतीहरुको सामुहिक ताल र यूवाले बजाउने मादलको स्वरले प्रत्येक दसैंमा दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतका गाउँहरु झुम्थे। तर यो वर्षको दसैंमा पनि सखिया नाँचको रौनक फर्किएन। 

बेलुकीको खाना खाएर सखिया नाँचिन्छ। बडघर, मटौ, भलमन्साको घरमा युवायुवती भेला भएर सखिया नाच्‍न थालेपछि गाउँमा दसैं आएको महसुस हुन्छ। सखिया नाँच भनेको तीज र दसैंलाई जोड्ने नाँचको रुपमा थारु समुदायले लिने गरेका छन्। ‘युवाले सामूहिक रुपमा मादल बजाउँछन्। त्यही मादलको धुनमा युवतीले कृष्ण लिलामा आधारित भएर नाँच्छन्। यसको गुन्जनले थारु गाउँमा दशैँको रौनकता थप्छ।’ कृष्ण चौधरीले बताए। 

थारु उद्‌‌गम मानिने दाङको दंगीशरणमा पनि यो दसैंले रौनकता ल्याएन। कोरोना महामारीको बेला सुस्ताएको सखिया सहभागिता यो वर्षको सामान्य समयमा समेत नभएको दिलबहादुर थारुले बताए। उनले दसैंको सखिया नाँच सुरु नहुँदासम्म दसैं भित्रिएको महसुस नै नहुने बताए। 'पहिले-पहिले जस्तो रमाईलो हुँदैन, गाउँघरमा न बादल नै छन्, न त नाँच्ने मान्छे छन्,' सामुहिक रुपमा नाँच्ने भएकाले गाउँमा मान्छे नै नहुँदा समस्या भएको थारुले बताए। 

विगतका वर्षमा यतिबेला उल्लासमय हुने कैलाली–कञ्चनपुरका थारु बस्तीहरु पनि अहिले सुनसान छन्। मादलको आवाजको रौनकले चाडपर्वको उल्लासमा छुट्टै खालको उर्जा थप्ने भएपनि यो वर्ष भने कुनै पनि समुदायमा त्यो रौनक छैन्। मौलिक संस्कृतीको जर्गेना गर्न सांकेतिक रुपमा दशैँ मनाइरहेको भएपनि विगतमा जस्ता उत्साह छैन। 

सखिया नाँच्दै थारु यवुतीहरु। 

कृष्ण लिलामा आधारित नाँच

कला, संस्कृति र नाचगानमा धनी समुदाय हो थारु। त्यस अन्तर्गत सखिया नाँचलाई प्राचित नृत्यको रुपमा लिने गरिन्छ। ऋतु, महिना र काल अनुसार गीत गाउँने थारु समुदायका युवायुवतीले श्रीकृष्णलाई आफ्नै तरिकाले बुझ्ने परम्परा छ। तन्त्रमन्त्र बोकेको सखिया नाँचमा थारु समुदायका अविवाहित युवा–युवतीले गाउँको मटावाको घरको आँगनमा नाँच्ने गर्छन्। दुईवटा समूह बनाएर नाचिने यो नाँचमा धार्मिक कथा बस्तु समेटिएको छ।

थारू समुदायले शिव–पार्वती, कृष्णलगायत आफ्ना अरु देवीदेवतालाई गीतको माध्यमले प्रार्थना गरी शान्ति एवं रक्षाको कामना गर्ने गर्छन्। यो नाँच पश्चिम नेपालको तराईका सखीसँग सामूहिक रुपमा नाचिने भएकोले यो नाँचलाई सखिया भनिएको थारु संस्कृतिका अध्यता सुशील चौधरीले बताए। 'थारु भाषामा साथीलाई सखि भन्ने गरिन्छ। दुई समूह बनाएर यूवतीहरु पालैपालो श्रीकृष्ण लिलामा आधारित गीत गाउँछन्,'चौधरीले भने, 'यो नाँचमा गीत गाउने यूवतीको समूहमा यूवाको समूहले मादल बजाउँछन्।'

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'

गीतको समाप्तीसँगै मादल बजाउने यूवाको समूह दौडिँदै युवतीको अर्को समूहमा गएर शिर झुकाउँछन र मादललाई निरन्तरता दिन्छन्। गीत गाउने यूवतीको सम्मान गर्दै मादल बजाउने युवाले शिर झुकाएर मादल बजाउने अुनमति मागिएको चौधरीले बताए। 

श्रीकृष्ण जन्माष्टमीका दिनदेखि सखिया नाँच नाच्ने प्रचलन भए पनि पछिल्लो समय समयावधि छोट्याएर १०–१५ दिनमा सक्ने गरिएको जानकारहरु बताउँछन। तर, श्रीकृष्ण जन्मेदेखि मृत्यूसम्मको कथा नसकिदासम्म नाँचलाई समापन गर्न मिल्दैन। यूवतीले नाँच ननाँचे पनि गीत सिकाउने महिलाले एक्लै गाएर भए पनि सक्नै पर्ने मान्यता रहेको सुशील चौधरीले बताए। ‘कृष्ण भगवानको जीवन कथामा आधारित गीत नसकिएसम्म नाच सकिन्न,’ उनले भने, ‘कथा सकिएपछि मात्र नाँच सकिन्छ।’

श्रीकृष्ण लिलामा आधारित गीत सकिएपछि यूवतीले मादल बजाउने यूवालाई मिठो मसिनो परिकार ख्यारा बनाएर खुवाउने प्रचलन छ। ख्यारामा यूवतीले यूवालाई माछा, मासु लगायत मिठोमसिनो बनाएर खुवाउछन। 

किन हराउँदैछ रौनक?

थारु समुदायका युवा, युवतीले दसैं आउन १५–२० दिन अघिदेखि दसैँको सखिया नाँच नाच्छन्। करिब एक महिनासम्म नाचिने सखिया नाँचले थारु बाहुल्य गाँउमा निकै उल्लासमय बनाउने गर्दछ।

सेतो रंगको फरिया र रातो रंगको चोलिया रातो रङको रिबन युवतीले लगाउने गर्दछन्। युवाले सेतो रङको धोती र कमिज लगाई मादल बजाउँछन्। तर अहिले पोषाकमा व्यापक परिवर्तन आएको अगुवाहरुको अनुभव छ। ‘यो नाचको प्रमुख साधन मादल नै हो। जति धेरै मादल बज्छ त्यति नै रौनकता हुन्छ।’ चौधरीले भने, 'एकै प्रकारको पोषाक लगाएर युवतीहरु नाँच्न थालेपछि ज्यादै सुन्दर देखिन्छ।' युवा युवतीहरुले लगाउने पोषाक भने ठाउँ अनुसार फरक पाउने गरिएको छ। 

थारु संस्कृतिका अध्यता सुशील चौधरी।

कृष्ण जन्माष्टमी पछि नाचिने ‘सख्या’ नाँच दसैं सकिएको तीन या पाँच दिनपछि समापन गरिन्छ। तर, युवायुवती शिक्षा आर्जन र जागिरको शिलशिलामा बाहिर जानुपर्ने भएपछि यो नाँच छोटो बनाउन थालिएको छ। 

'पहिले थारु समुदायमा पढाइ थिएन, सबै युवायुवतीहरु गाउँमा हुन्थे, दिनभर काम गर्ने बेलुका नाच्ने गरिएको थियो,'सुशील चौधरीले भने, 'अहिले अध्ययनका लागि कामका लागि सबै युवाहरु गाउँ बाहिर जान थालेका छन्। अर्को कुरा मनोरन्जनका विभिन्न साधनहरु पनि देखा परे। त्यसले मौलिक परम्पराहरु मासिने अवस्थामा पुगेका छन।'

एउटा पुस्ताबाट अर्को पुस्तामा धेरै संस्कृतिहरु हस्तान्तरण हुन सकेका छैनन्। सखिया नाँच सामुहिक रुपमा नाँचिने भएकाले केहि समय तालिम वा अनुभव हुनुपर्ने जानकारहरु बताउछन्। 'अहिलेका युवायुवतीमा अनुभव पनि भएन र तालिम पनि भएन त्यस्तै नाँच्ने प्रक्रिया र गीतहरु समेत जानकारी छैन,'   चौधरीले भने। 

थारु जातिको पौराणिक भाषा, भेषभूषा, रहन–सहन, संस्कार, कला तथा संस्कृतिक परम्परा अन्य समुदाय भन्दा भिन्न छ। आर्थिक, सामाजिक, तथा राजनीतिक हिसाबले पछि पारिए पनि साँस्कृतिक हिसाबले अन्य समुदायको तुलनामा थारु जाति धेरै अगाडी छ।

महाभारत र कृष्ण लिलामा आधारित कथालाई गीतको लयमा सखिया नाँच र आफ्नो घरको कुल देवतालाई पशुपंछी बलि दिने, ढिक्री चढाउने, बाबरी फुल, मकैको जमरा, रक्सी र जल चढाउने, बेलको हाँगामा ढिक्री फलाउने, कुपिण्डोको भेँडा बनाएर देउताको अगाडी बली दिने जस्ता धार्मिक काम पनि दसैंमा गरिन्छ।


प्रकाशित: Oct 02, 2022| 16:35 आइतबार, असोज १६, २०७९
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।