शनिबार, फागुन ३०, २०८२

आयोगले गर्‍यो आउँदो शैक्षिक सत्रका लागि पीजीतर्फका सिट निर्धारण

आयोगले देशभर सञ्चालित विभिन्न शिक्षण संस्था पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि १ हजार ६८४ सिट निर्धारण गरेको हो।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह पोस्ट ग्रेजुएट (पीजी) तहको शैक्षिक वर्ष २०७९ का लागि सिट संख्या निर्धारण गरेको छ।

National life

देशभर सञ्चालित विभिन्न शिक्षण संस्था पोस्ट ग्रेजुएट (पीजी) का विभिन्न कार्यक्रमका लागि आयोगले १ हजार ६८४ सिट निर्धारण गरेको हो।

आयोगले विभिन्न कार्यक्रमका लागि विराट कलेजलाई ३३, नोबेल मेडिकल कलेजका लागि ४९, पूर्वाञ्चल युनिर्भसिटी स्कुल अफ हेल्थ साइन्सका लागि २०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १७३, मधेस इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि ३ र नेशनल मेडिकल कलेजका लागि ६३ सिट निर्धारण गरेको छ।

आयोगको अनुसार कलेज अफ मेडिकल साइन्स टिचिङ हस्पिटलका लागि ४५, चितवन मेडिकल कलेजका लागि ९४, काठमाडौं मेडिकल कलेजका लागि ७०, नेपाल मेडिकल कलेजका लागि ६३, किष्ट कलेजका लागि १२, आयुर्वेद क्याम्पसका लागि २, महाराजगञ्ज मेडिकल क्याम्पसका लागि १५७, मनमोहन मेडिकल इन्स्टिच्युट अफ हेल्थ साइन्सका लागि २३, नेप्लि आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स ५९, नोवल कलेजका लागि १५, नेसनल एकेडेमी अफ मेडिकल साइन्सका लागि १३६ सिट छुट्याइएको छ।

त्यसैगरी आयोगले सेन्ट्रल डिपार्टमेन्ट अफ पब्लिक हेल्थका लागि ३०, कान्तिपुर डेन्टल कलेजका लागि ११, काठमाडौं युनिभर्सिटी अफ मेडिकल साइन्सका लागि ११०, काठमाडौं युनिभर्सिटी अफ मेडिकल फार्मेसीका लागि ४५, पाटन एकेडेमी अफ हेल्थ साइन्सका लागि २८, किस्ट कलेजका लागि ५०, मनिपाल कलेज अफ मेडिकल साइन्सका लागि ३५, हिमालय आई इन्स्टिच्युटका लागि ६, साइन्स अफ हेल्थ एन्ड एप्लाइडका लागि ४२, गण्डकी मेडिकल कलेजका लागि ४०, पोखरा नर्सिङ क्याम्पसका लागि १८, पोखरा एकेडेमी अफ हेल्थ साइन्सका लागि ३२, नेपालगञ्ज मेडिकल कलेजका लागि ३३, लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलका लागि २४, युनिर्भसल कलेज अफ साइन्सेसका लागि ६६, कर्णाली एकेडेमी अफ हेल्थ साइन्सका लागि ४, श्री मेडिकल एन्ड टेक्निकल कलेज चितवनका लागि १० र एनबीएमएस कार्यक्रमका लागि बी एण्ड बीलगायत हस्पिटललाई ६ सिट उपलब्ध गराएको छ।

Laxmi sunrise bank
kumari

निर्धारित सिटमा भर्नाका लागि आयोगले एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । छुट्याइएका कोटाका लागि आगामी १० देखि ११ मंसिरसम्म एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्नेछ।

प्रकाशित: Oct 02, 2022| 12:18 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्