शनिबार, फागुन ३०, २०८२

दसैंमा मासु पचाउन के गर्ने?

नेपालीहरुले बडादसैं मनाइरहेका छन्। दसैंमा मानिसहरुले मासुको सेवनलाई बढाउने गर्छन्। यो उल्लासको समयमा नेपालीहरु आफन्तहरुसँग भेटघाटमा रमाउँछन् भने खानपानमा पनि उस्तै रमाउँछन्।
 |  सोमबार, असोज १७, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असोज १७, २०७९

काठमाडौं- नेपालीहरुले बडादसैं मनाइरहेका छन्। दसैंमा मानिसहरुले मासुको सेवनलाई बढाउने गर्छन्। यो उल्लासको समयमा नेपालीहरु आफन्तहरुसँग भेटघाटमा रमाउँछन् भने खानपानमा पनि उस्तै रमाउँछन्।

National life

कति कुरा खाने र कति कुरा नखाने भन्ने कुरामा नेपालीहरुले चाडबाडको बेलामा त्यति ख्याल गरेका हुँदैनन्। विशेष गरेर मासुजन्य वस्तु र चिल्लोपदार्थ अधिकमात्रामा खाने गरिन्छ। तर त्यसका लागि केकस्ता समाधानहरु गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्छ। 

चाडबाडमा हामी चिल्लो, पिरो, अमिलो र बोसोयुक्त खानेकुरा खान मन पराउँछन् भने मासुजन्य कुरा पनि उत्तिकै मात्रामा खान्छौं। तर, तिनीहरूले मात्रा नमिलाई खादा शरीरलाई हानि गर्ने गर्दछ।

यसरी खाने विभिन्‍न पदार्थलाई पचाउन ती खानेकुराका साथमा हरियो सागपात र ताजा फलफूल पनि सन्तुलित रूपमा खानुपर्छ।

पोषणविद्  प्रा. डा. उमा कोइराला।

Laxmi sunrise bank
kumari

बढी चिल्लो, अमिलो र पिरो खानेकुरा सकेसम्म नखाँदा नै उत्तम हुन्छ, खानै परेको खण्डमा आफूले पचाउन सक्ने तरिकाले मात्र खानुपर्छ। यस्ता विविध प्रकारका खानेकुराले ग्यास्ट्रिक बढाउने, टन्सिल हुने, पेट फुल्नेलगायतका समस्याहरु देखिन सक्छ। त्यसका साथै कोलस्ट्रोल बढाउने र बोसोको मात्रा बढी हुने गर्दछ, जसका कारण अपच हुने, कब्जियत, फुड प्वाइजनजस्ता समस्या देखापर्छन्। 

घरमै तयार गरिएको ताजा जिरा, धनिया, लसुन, प्याजलगायतका मसला बनाइएको छ भने त्यसले त्यति असर गर्दैन। तर, बजारमा पाइने रेडिमेट मसलाहरूको शुद्धतामा ग्यारेन्टी गर्न नसकिने हुँदा तिनीहरूले शरीरमा मन्द विषको काम गर्छन्, त्यसैले घरमै तयार गरेको मसला खानु राम्रो मानिन्छ। चाडबाड भनेर जे पायो त्यही खाने प्रचलन रहेको छ, त्यस्ता चिजले शरीरलाई राम्रो गर्दैन। 

कतिपयमा काँचो मासु नै खाने बानी हुन्छ। त्यस्तो मासु खाँदा फुड प्वाइजनको सम्भावना बढी हुन्छ। त्यस्तो मासु खान मन परे उसिनेर खाँदा राम्रो मानिन्छ। त्यसका साथै बासी खानेकुरा खाँन हुदैन। बासी मासु खायो भने त्यसले फुड प्वाइजनको सम्भावना बढी हुन्छ। ताजा मासु खानु सवैभन्दा उपयुक्त हुने हुन्छ। बासी मासु खाइन्छ भने अलिकति बढी तेल र मसलामा मासु राखेर मासुमा भएको पानी सुकाउने गर्नुपर्छ। र, पातलो कपडाले छोपेर नगुम्सिने गरी सुरक्षित साथ राखेर खानुपर्छ। 

एउटा जवान मान्छेले एक दिनमा २ सय ५० ग्रामसम्म मासु खानु राम्रो हुन्छ। विश्व स्वास्थ्य संगठनले १ केजी तौल भएको मानिसलाई १ ग्राम प्रोटिन आवश्यक हुन्छ भनेको छ। २ सय ५० ग्राम खसीको मासुमा सरदर ५० देखि ५५ ग्रामसम्म प्रोटिन हुने हुँदा दैनिक त्यति मासु खाँदा फाइदाजनक नै हुन्छ। मधुमेह, उच्च रक्तचाप, किड्नीमा समस्या भएका र कोलस्ट्रोल बढी भएका बिरामीले बोसो नभएको मासुलाई उसिनेर मात्र खानुपर्छ। 

उसिनेको मासुमा हल्का जिराको धुलो र कागती राखेर खाँदा राम्रो र स्वादिष्ट हुन्छ।  मासुमा धेरै बोसो हुने हुँदा त्यसले कोलस्ट्रोर बढाउने हुँदा अपच हुने, फुड प्वाइजन पनि हुन सक्छ। मासुलगायत दसैंमा प्रोटिनयुक्त खानेकुरा धेरै खाइने हुँदा मोटोपन बढ्ने, ग्याँस्ट्रिक बढ्ने समस्या हुनु सामान्य हो। 

मासु पचाउन दैनिक व्यायाम गर्ने, नियमित रूपमा कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म हिँड्दा उत्तम हुन्छ।  साथै बढी खाएको समयमा असहज भएमा कागती पानी, ज्वानोको झोल खाँदा फाइदा हुन्छ। 

 


प्रकाशित: Oct 03, 2022| 07:30 सोमबार, असोज १७, २०७९
प्रतिक्रिया दिनुहोस्