मंगलबार, असोज १, २०८१

द्वारिकलालले पार्टी छाड्दा एमालेमा हाइसन्चो!

पूर्व सुनसरी जिल्ला अध्यक्ष रहेका चौधरी पत्रकारलाई दुर्व्यवहार गर्ने र नाकको डाँडी भाँच्ने अभिव्यक्तिपछि चर्चित भएका थिए। त्यस लगत्तै महिलामाथि अश्लील शब्द प्रयोग गरेका उनी आफ्नै नेता कार्यकर्ता विरुद्ध खनिए। एमाले नेताहरूले बारम्बार सम्झाउँदा समेत उनको शैली परिवर्तन भएन।
 |  आइतबार, असोज १६, २०७९
nespernesper

विनय बाह्रकोटी

विनय बाह्रकोटी

आइतबार, असोज १६, २०७९

इटहरी–  इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी (केन्द्र ) प्रवेश गरेका छन्। चौधरीको पार्टी परित्यागलाई एमालेले सहज रूपमा लिएको छ। एमालेभित्र विद्रोही रहेका चौधरीको माओवादी प्रवेशले एमालेका स्थानीय नेताहरू ढुक्क देखिएका छन्।

triton college

पूर्व सुनसरी जिल्ला अध्यक्ष रहेका चौधरी पत्रकारलाई दुर्व्यवहार गर्ने र नाकको डाँडी भाँच्ने अभिव्यक्तिपछि चर्चित भएका थिए। त्यस लगत्तै महिलामाथि अश्लील शब्द प्रयोग गरेका उनी आफ्नै नेता कार्यकर्ता विरुद्ध खनिए। एमाले नेताहरूले बारम्बार सम्झाउँदा समेत उनको शैली परिवर्तन भएन। एमालेका स्थानीय नेता रामप्रसाद चौलागाईंविरुद्ध सामाजिक तथा भौतिक आक्रमणमै उत्रिए।

एमालेका नवौँ जिल्ला अधिवेशनमा पराजित चौधरी केन्द्रीय सदस्य बन्ने दौडमा थिए। अध्यक्ष केपी शर्मा ओलीको लिस्टमा नपरेपछि उनी जिम्मेवारीविहीन हुन पुगे। स्थानीय निर्वाचनमा पुनः मेयर बन्ने आकांक्षा राखेका उनले भूमिपुत्र चिन्न नसकेको र यसको मूल्य चुकाउनुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए।

पछिल्लो समय पूर्व उपमेयर लक्ष्मी गौतम, जिल्ला अध्यक्ष रेवती रमण भण्डारी र नगर अध्यक्ष यामकुमार सुब्बा विरुद्ध अभिव्यक्ति दिँदै आएका छन्। एमाले स्थायी कमिटी सदस्य भीम आचार्यको विरुद्धमा देखिएका जिल्ला अध्यक्ष भण्डारीलाई उनले गालीगलौज गरिरहे। मेयरको कार्यकालको अन्तिम समयमा भण्डारी र गौतमलाई चिढ्याउन आचार्यलाई प्रमुख अतिथि बनाएर दर्जन बढी आयोजना उद्घाटन र शिलान्यास गरे। त्यस लगत्तै उपमेयर गौतमको गाडी खोसिदिए।

गाविस अध्यक्ष हुँदै जिल्ला सचिव र अध्यक्ष भएर प्रभावशाली भूमिकामा रहेका चौधरी भूमिकाविहीन भएपछि पार्टी अध्यक्ष ओलीविरुद्ध लागेका हुन्। पार्टी परिवर्तन गर्ने समाचारपछि प्रतिक्रिया दिँदै उनले ओलीको अहंकार धूलिसात पार्न आफू माओवादी प्रवेश गर्न लागेको बताएका छन्।

Metro Mart
vianet

चौधरी दुई कार्यकाल हासपोसा गाविस अध्यक्ष भए। हासपोसा हाल इटहरी उपमहानगरपालिकामा गाभिएको छ। जसको कारण चौधरीले उपमहानगरपालिकाको पहिलो मेयर बन्ने सौभाग्य पाए। माओवादी प्रवेश गरेर सुनसरी २ (क) को प्रदेश सभा सदस्यको उम्मेदवार बन्ने तयारीमा छन् चौधरी। एमाले भित्रको प्रभावशाली नेता प्रवेश गराएको बताउँछन् माओवादी नेताहरू। तर एमाले नेताहरू भने द्वारिकलाल चौधरीले पार्टी छाड्दा हाइसन्चो भएको प्रतिक्रिया दिन्छन्।

चौधरीको प्रभाव खासै नभएका कारण कुनै असर नपर्ने बताउँछिन् केन्द्रीय सदस्य लक्ष्मी गौतम। चौधरीकै कार्यकालमा उपमेयर समेत रहेकी गौतम पार्टी परिवर्तनलाई सहज मान्छिन्। जिल्ला अधिवेशनमा २२ सय ८० प्रतिनिधिमा जम्मा ८० मत ल्याउनेको कुनै प्रभाव नभएको उनले टिप्पणी गरिन्। आगामी निर्वाचनमा झनै पार्टी सशक्त भएर अगाडि बढ्ने उनको भनाइ छ।

‘चौधरी कस्तो नेता हो भन्ने सबैले बुझेका छन्। पार्टीका निष्ठावान मत कतै जाँदैनन्। हिजो पार्टीको जिल्ला इन्चार्ज भएको धर्मराज निरौला नेकपा एकीकृत समाजवादीमा जाँदा पनि कुनै असर भएन भने चौधरीले पार्टी छाड्दा एकरती समस्या हुँदैन। उनले मेयर हुँदा गरेका गतिविधिमा सबै जानकार छन्। समुन्द्रमा एक लोटा पानी झिक्दा केही असर पर्दैन,’ उनले भनिन्।

एमालेमा अब शुद्धीकरण अभियान सुरु हुने उपमहानगर कमिटी सचिव रुपेश बस्नेत बताउँछन्। पार्टीभित्रका अराजक गतिविधिको र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य भएको उनले बताए। हिजो चौधरी मेयर हुँदा पार्टीले शिर उठाउन सक्ने अवस्था नभएको स्मरण गराउँदै उनले अबका दिनमा नेकपा एमाले छाती खोलेर जनताको घरमा जान सक्ने अवस्था भएको तर्क गरे। स्थानीय तह निर्वाचनमा नेकपा एमालेले प्राप्त गरेको परिणामका पछाडि उनको हात रहेको एमालेले ठहर गरेको उनी बताउँछन्। यसलाई एउटै पाटीमा बसेर आफ्नै नेता कार्यकर्ताको बेइज्जत गर्ने अराजक गतिविधिको अन्त्य भएको संकेतको रूपमा लिनुपर्ने उनले बताए।

नेकपा एमाले उपमहानगर कमिटी अध्यक्ष यामकुमार सुब्बाले चौधरीका कारण पार्टीमा कुनै समस्या नआउने प्रतिक्रिया दिए। एउटै व्यक्ति सधैभरि शक्तिशाली र प्रभावशाली बन्न सम्भव नभएको भन्दै उनले चौधरीको प्रभाव कमजोर भएको तर्क गरे। नेकपा एमालेको संगठनमा कुनै प्रभाव नपर्ने भन्दै उनले केही मत प्रभावित भए पनि चौधरीका कारण एमालेमा निष्क्रिय कार्यकर्ता अब सक्रिय हुने तर्क गरे। 

प्रकाशित: Oct 02, 2022| 10:38 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।