आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • प्रिमियर लिगमा चेल्सीको जित, ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

प्रिमियर लिगमा चेल्सीको जित, ब्राइटनसँग बराबरीमा रोकियो लिभरपुल

चेल्सीले ३८औं मिनेटमा पहिलो र अन्तिम मिनेटमा दोस्रो गोल गर्दै जित निकालेको हो।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति चेल्सीले  क्रिस्टल प्यालेसविरुद्ध २–१ को जित निकालेको छ। क्रिस्टलको मैदानमा सम्पन्न भएको खेलमा उसले जित निकालेको हो। चेल्सीका लागि पियरे इमिरेक औवामियाङ र कानोर गल्लाघरले गोल गरेका थिए।

National life

यता क्रिस्टलका एडुवर्डले सातौं मिनेटमा गोल गरेपछि चेल्सी एक गोलले पछि परेको थियो। त्यसबाट अघि बढ्दै चेल्सीले ३८औं मिनेटमा पहिलो र अन्तिम मिनेटमा दोस्रो गोल गर्दै जित निकालेको हो।

यता लिभरपुल भने ब्राइटोनसँग रोमाञ्चक बराबरी खेलेको छ। चौथो मिनेटमै लियन्र्दो ट्रोरार्डबाट पहिलो गोल बेहोरेपछि लिभरपुले एक गोलले पछि पर्‍यो। ट्रोसार्डले १७औं मिनेटमा दोस्रो गोल गरे। दुई गोलले पछि परेको अवस्थाबाट रोबर्टो फर्मिनोले ३३औं र ५४औं मिनेटमा गोल फर्काएर बराबरी गरेका थिए।

तर खेलको ६३औं मिनेटमा ब्राइटोनका आडम व्हेभस्टारले आफ्नै पोस्टमा गोल गरे। त्यसपछि लिभरपुलले ३–२ को अग्रता बनायो। त्यसलाई बरारबरी गर्नका लागि भने ट्रोसार्डले ८३औं मिनेटमा ह्याट्रिक गर्नुपरेको थियो।

यो बराबरीसँगै १४ अंक बनाएको ब्राइटोन चौथो स्थानमा छ भने १० अंक बनाएको लिभरपुल नवौं स्थानमा छ। यता गएराति जित निकालेको चेल्सी भने पाँचौ स्थानमा छ भने क्रिस्टल प्यालेस रेलिगेसन जोनबाट एक स्थान माथि रहेको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले टोटेनहमलाई ३–१ ले हराएको हो। यो जितपछि २१ अंक बनाएको आर्सनले शीर्षस्थानमा कायम छ।

प्रकाशित: Oct 02, 2022| 07:55 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।