आइतबार, मंसिर ७, २०८२

टोटेनहमलाई हराउँदै आर्सनल शीर्षस्थानमा

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले टोटेनहमलाई ३–१ ले हराएको हो।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न भएको खेलमा आर्सनलले टोटेनहम हट्स्परलाई हराएको छ।

National life

आर्सनलको इमिरेट्स मैदानमा सम्पन्न भएको खेलमा घरेलु टिमले टोटेनहमलाई ३–१ ले हराएको हो।

खेलको २०औं मिनेटमा पार्टीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। त्यसको ११ मिनेटपश्चात् टोटेनहमले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीको अवसरमा कप्तान ह्यारी केनले  गोल गरेपछि खेल बराबरी भएको थियो।

तर दास्रो हाफमा आर्सनलले फेरि आक्रामक सुरुआत गर्‍यो र ४९औं मिनेटमा गोल गर्न सफल भयो। ग्याब्रियल जिससले गरेको त्यो गोलसँगै आर्सनलले २–१ को अग्रता बनाएको थियो। ६२अ‍ैं मिनेटमा अपारेसिडोले रेड कार्ड बेहोरेपछि टोटेनहम १० खेलाडीमा समेटिएको थियो।

यता मार्टिनेलीको पासमा ग्रानित जाकाले गोल गरेपछि ३–१ को अग्रताका सार्थ आर्सनलले जित निकालेको हो। यो जितपछि २१ अंक बनाएको आर्सनले शीर्षस्थानमा कायम छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 02, 2022| 07:40 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।