बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोकमा गुडिरहेको कारमा आगलागी, खोटाङमा सडकमै जल्यो बस

सिन्धुपाल्चोकमा गुडिरहेको कारमा आगलागी, खोटाङमा सडकमै जल्यो बस

सिन्धुपाल्चोकमा सडकमा गुडीरहेको कारमा आगलागी भएको छ भने खोटाङमा बस जलेको छ। बडादसैं मनाउन काठमाडौंबाट जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ का एक परिवारको कार जलेर नष्ट भएको हो। उकालोमा जाने क्रममा कार हिट भएर जलेको बताइएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- सिन्धुपाल्चोकमा सडकमा गुडीरहेको कारमा आगलागी भएको छ भने खोटाङमा बस जलेको छ। बडादसैं मनाउन काठमाडौंबाट जन्मथलो फर्कने क्रममा सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–४ का एक परिवारको कार जलेर नष्ट भएको हो। उकालोमा जाने क्रममा कार हिट भएर जलेको बताइएको छ। 

National life

शनिबार दिउँसो १ बजेर ४० मिनेटमा सुनकोसीको यमुनाडाँडा–४ स्थित सिमपानी भन्ने ठाउँमा उक्त गाडी जलेर नष्ट भएको हो। सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर यादवका अनुसार कारमा ४ जना सवार रहेको र कुनै मानवीय क्षति नभएको जानकारी दिए। 

उकालोमा गाडीबाट धुँवा आएपछि विक ओर्लिएर हेर्दा कारबाट आलो बलेको थियो। कार जले पुरै नष्ट भएको प्रहरीले बताएको छ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ स्थित बाहुनीडाँडामा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट खोटाङतर्फ गइरहेको यात्रुवाहक बसमा एक्कासी आगलागी भएको हो। 

बसमा आगलागी हुँदा कुनै मानवीय क्षती भने भएको छैन्। घटनास्थलमा भएका यात्रुहरुका अनुसार बससहित बसमा भएका सामानहरु जलेर नष्ट भएको छ। 

Shivam cement

बसमा अनुमानित ५० जना यात्रु सवार थिए।

नेपालीहरुको चाड बडादसैंमा घर फर्कने यात्रुहरु बसमा आगलागी भएपछि अलपत्र परेका छन्। उनीहरुलाई अर्को गाडी ब्यवस्था गरेर गन्तव्यतर्फ पुर्याउनगरी प्रहरीसँग समन्वय भइरहेको घटनास्थलमा रहेका एक स्थानीयले जानकारी दिए।

प्रकाशित: Oct 01, 2022| 17:04 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।