बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनका केही भाग गाभ्ने रुसी निर्णयको फ्रान्सद्वारा तीव्र आलोचना

युक्रेनका केही भाग गाभ्ने रुसी निर्णयको फ्रान्सद्वारा तीव्र आलोचना

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी भू–भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताएका छन्।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

पेरिस- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनी भू–भाग रुसद्वारा गाभिएको कार्यको निन्दा गर्दै यसलाई अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमसत्ताको गम्भीर उल्लङ्घन भएको बताएका छन्। उनले यो कदमको फ्रान्सले विरोध गरेको र आफ्नो भू–भाग फिर्ता लिन रुस विरुद्धको युद्धमा युक्रेनको साथमा रहेको समेत प्रतिबद्धता व्यक्त गरेका छन्। 

उनले ट्वीट गर्दै रुसको चार युक्रेनी क्षेत्र गाँभ्ने कदम अवैध भएको, यसले अन्तरराष्ट्रिय कानून र युक्रेनी सार्वभौमिकता को गम्भीर उल्लङ्घन गरेको बताएका छन्। 'फ्रान्सले यसको विरोध गर्दछ, रुसी आक्रमणको सामना गर्न र युक्रेनलाई आफ्नो सम्पूर्ण भू–भागमा पूर्णस्वामित्व स्थापित गर्न, सार्वभौमसत्ता पुनःप्राप्त गर्ने कदममा युक्रेनको साथमा उभिनेछ,' उनले ट्वीटरमा लेखेका छन्।

राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको चार क्षेत्रलाई विलय गर्ने घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले शुक्रबार रुसलाई 'छिटो र गम्भीर मूल्य' चुकाउनुपर्ने चेतावनी दिएको छ। 

उक्त कदमलाई 'अवैध' भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले सधैं युक्रेनको अन्तरराष्ट्रिय मान्यता प्राप्त सिमानाको सम्मान गर्ने र सैन्य र कूटनीतिकरूपमा आफ्नो देशलाई बलियो बनाएर आफ्नो क्षेत्रको नियन्त्रण पुनःप्राप्त गर्ने युक्रेनी प्रयासलाई समर्थन जारी राख्ने  बताएका छन्।

प्रकाशित: Oct 01, 2022| 20:00 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।