बिहीबार, वैशाख ३१, २०८३

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु

देशभरका विभिन्‍न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- देशभरका विभिन्‍न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा ग २ च ७०६० नम्बरको पिकअप भ्यानको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-२ बस्ने ७० वर्षीया ईन्दुमाया नेपालीको शुक्रबार दिउँसो मृत्यु भएको छ।

National life

ठक्करबाट गम्भीर घाइते भएकी उनको जि।पि।श्वासप्रश्वास केन्द्र बेलचौतारा तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो। भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ मिलन पार्कस्थित सडकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका खयरघारी बस्‍ने ४० वर्षीया विष्णु पौडेलको शुक्रबार साँझ मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने गाडी र चालकको प्रहरीले खोजी गरिरहेको छ। 

यसैगरी रूपन्देही, तिलोत्तमा नगरपालिका-१ ड्राईभर टोलस्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु।५१ प ८१९२ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार बुटवल उपमहानगरपालिका-८ बस्ने २३ वर्षीय साईमन मल्लको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सल्यान, कुमाख गाउँपालिका(७ जिमालीस्थित सडकमा खैराबाङ मन्दिरमा दर्शन गर्नको लागि जाँदै गरेको रा।१ ज ७९८ नम्बरको जिप सडकबाट अन्दाजी १ सय मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार कुमाख गाउँपालिका(७ डुमकोट बस्ने ३९ वर्षीय मान बहादुर पुन र १४ वर्षीया एनका पुनको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका जिपका चालक समेत १७ जनालाई उपचारको लागि जिल्ला अस्पताल सल्यानतर्फ पठाइएको छ। 

धादिङ, निलकण्ठ नगरपालिका(१० हनुमानडांडा थुम्किबासस्थित सडकमा धादिङबेशीबाट सल्यानटारतर्फ जाँदै गरेको ना  ४ ख ८०४१ नम्बरको ट्रक आफै अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा ट्रकमा सवार कपिलबस्तु तौलिहवा बस्ने २६ वर्षीय सदाम अंन्सारी र ३५ वर्षीय ईन्द्रजित पासीको मृत्यु भएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका ट्रक चालक समेत ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 01, 2022| 18:45 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।