बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पावरवालाले लगे जहाजको टिकट, दुई हप्ता कुर्दा पनि सर्वसाधारण यात्रु अलपत्रै

पावरवालाले लगे जहाजको टिकट, दुई हप्ता कुर्दा पनि सर्वसाधारण यात्रु अलपत्रै

निजी एयरलाइन्सका हवाईजहाजले आफूखुसी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेहरुलाई टिकट दिने गरेको उनीहरु बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- राष्ट्रिय सडक सञ्‍जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन्। नेपालगञ्‍ज विमानस्थलबाट हुम्ला, डोल्पालगायतका हिमाली जिल्लाहरुमा जहाजको टिकट नपाउँदा दसैं, तिहार मनाउन घर जान लागेका विद्यार्थी लगायत अन्य मानिसहरु अलपत्र परेका हुन्। जहाजको टिकट दुई हप्तासम्म नपाएको र आफूसँग खान र बस्नका लागि अब पैसा नभएकाले कसरी बाच्ने भन्ने चिन्ता थपिएको यात्रुहरुको गुनासो छ। 

National life

निजी एयरलाइन्सका हवाईजहाजले आफूखुसी टिकट वितरण गरिरहेको र बढी पैसा दिनेहरुलाई टिकट दिने गरेको उनीहरु बताउँछन्। नेपाल एयरलाइन्सले हाल नेपालगञ्जबाट हप्तामा  दुईदिन मात्र दुर्गम पहाडी जिल्लामा उडान भर्दै आएको छ। यसैगरि तारा एयरको चार जहाज मध्ये एउटा जहाजले मात्र उडान गर्दै आएको, सीता एयरले माउण्टेन उडान गर्दै आएको र समिट एयरले मात्र उडान गर्दै आएकाले यो समस्या आएको उनीहरु बताउँछन्।

निजी विमान कम्पनीहरुले हिमाली तथा पहाडी जिल्लामा उडानमा कमी ल्याएपछि हवाई यात्रुहरुलाई समस्या भएको हो। नियमित उडानका लागि सम्बन्धित निकायले नियमन गर्न जरुरी देखिएको सर्वसाधरणहरु बताउँछन्। आम सर्वसाधरणको गुनासो कसैले नसुन्ने र काठमाडौंबाट नेताहरुको पहुँचमा भएका व्यक्तिहरुले मात्रै जहाजको यात्रा गर्न पाइरहेको डोल्पाका चन्द्रखड बुढाको गुनासो छ। 

उनले नेताहरुले आफ्नो पहुँचमा भएकालाई फोन गरेर पठाउने गरेको तर आम सर्वसाधरण जनताहरु भने नेपागञ्‍जमै हप्तौं बसिरहनुपरेको बताए। बुढाले बिरामी मान्छेहरुलाई समेत घर फर्किनको लागि नदिएको गुनासो गरे। उनले यदि आम सर्वसाधरण जनताको माग सम्बोधन नगरे जहाज अवतरण गर्न नदिने चेतावनी दिए। 

उनले बिरामी लिएर काठमाडौंबाट गएको तर १२ दिन बितिसक्दा समेत टिकट नपाएको बताए। त्यस्तै हुम्लाका धनभक्त बुढाले विकट जिल्लामा जाँदा फाइदा नहुने र पूर्वतिर उडान भर्दा धेरै फाइदा भएकाले हुम्ला, जुम्ला, डोल्पा लगायतका जिल्लामा उडान गर्न आनाकानी गरिरहेको बताए। 

उनले आफू दुई हप्तासम्म होटलमा बस्दासमेत टिकट नपाएको गुनासो गरे। त्यस्तै समिट एयरका शाखा प्रमुख, दीपक शाहले समिट एयरले नियमित उडान गरिरहेको बताए। हुम्ला,जुम्ला, बाजुरा, मुगुलगायतका जिल्लामा दैनिक ५ वटा उडान भरिरहेको बताउनु भयो। उनले तारा, नेपाल एरयलाइन्स, सीता एयरलाइन्सले नियमित उडान नभर्दा समस्या आइरहेको बताए।  उनले दसैंको बेलामा यात्रुहरुको चाप बढेपछि विमानहरु पर्याप्त नभएको बताए। 

त्यस्तै नेपालगञ्ज नागरिक उड्डयन कार्यालय राँझाका प्रमुख सुरेशप्रसाद खनालले नेपालगञ्ज बेस बनाएर उडान भर्दै आएको तारा एयरले केही दिन अघिदेखि पोखरा बेस बनाएर माउण्टेन फ्लाईट गर्न थालेपछि दुर्गम जिल्लामा हवाई उडानमा कमी आएको बताए। उनले दशैँको बेलामा यात्रुहरु बढ्दा उडानको चाप बढेको बताए। 

अहिले समिट एयरले दुर्गम जिल्लाका केही यात्रुहरुलाई सेवा दिइरहेको बताउनु भयो। यात्रुहरुको चाप बढीरहेका कारण अर्को जहाज नथपिकन समस्या समाधान नहुने बताउनु भयो। समिट एयरले पश्चिम नेपालका हुम्ला, डोल्पा, जुम्ला, मुगु, बाजुरा, साँफेबगर, बझाङ लगायतका जिल्लाहरुमा हरेक दिन ५ उडान गर्दै आएको बताए। 

नेपालीहरुको महान चाड बडा दशैँको अवसरमा गाउँ फर्किनेहरुको चाप बढेका कारण टिकट पाउन मुस्किल भइरहेको विमान सञ्चालक कम्पनीहरुको भनाइ छ। दुर्गम जिल्लाहरुमा सडक सेवा बिस्तार भइनसकेको कारण पनि विमानबाट नै यात्रा गर्नुपर्ने भएका कारण यो समस्या आएको उनीहरु बताउँछन्। दशैं आउन केही दिन मात्र बाँकी रहँदा स्थल मार्गबाट घरसम्म पुग्ने सवारी साधनको अभावका कारण डोल्पा, हुम्ला लगायतका जिल्लावासीलाई जहाजको टिकट पाउन गार्‍हो भएको छ। 

नेपालगञ्ज विमानस्थलबाट हुम्ला र डोल्पाका लागि उडान भर्ने जहाजहरु कम भएका कारण यात्रुहरुलाई घर पुग्न समस्या भएको हो। औषधि उपचार, अध्ययन, रोजगार, व्यापार ब्यबसाय गर्न जिल्ला छोडर बाहिर गएकाहरुलाई दशैँको मुखमा घर फर्कन जहाजको टिकट नपाएपछि नेपालगञ्जमा सयौँ हवाई यात्रुहरु अलपत्र परेका छन्।


प्रकाशित: Oct 01, 2022| 19:15 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।