शनिबार, फागुन ३०, २०८२

अत्यधिक गुलियो खाँदा शरीरलाई हुने ६ बेफाइदा

चाडबाड र विशेषगरी दसैं तिहारको समयमा गुलियो राखिएका परिकार खाने प्रचलन छ। चाडबाडमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ।
 |  आइतबार, असोज १६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असोज १६, २०७९

काठमाडौं- चाडबाड र विशेषगरी दसैं तिहारको समयमा गुलियो राखिएका परिकार खाने प्रचलन छ। चाडबाडमा पकाइने परिकारमा कृतिम गुलियो राखिने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ। 

National life

अत्याधिक गुलियोले हुने बेफाइदा 

कमजोर महसुसः यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ। मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ।

सुगरको कुलतः निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ। निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ।

छालामा समस्याः गुलियोले छालामा गम्भिर अशर गर्छ। निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ। चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ। बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ।

Laxmi sunrise bank
kumari

निराश र चिन्ताः बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन्। चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन्। गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ। डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ।

रुघाखोकीको जोखिमः गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ। यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ। गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ।

अस्वभाविक तौल बृद्धि : सम्भवत तपाईलाई थाहा होला चिल्लोले शरिरलाई मोटो बनाउँदैन, बरु अरु समस्या ल्याउँछ।  तर गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ। सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ। तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ। गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ।

 

प्रकाशित: Oct 02, 2022| 05:20 आइतबार, असोज १६, २०७९
प्रतिक्रिया दिनुहोस्