शुक्रबार, असोज २, २०८३

बडादसैं र मालश्रीको 'कनेक्सन'

६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- दसैंका बेलामा बजाइने मालश्री धुनको धार्मिक, सांस्कृतिक र सामाजिक विशेषता छ। नेपालीको महान चाड बडादसैंको समयमा जताततै मालश्री धुन छाएको छ। बजारमा दसैंको रौनक शुरु भइसकेको छ।

मालश्री धुन दसैंलाई स्वागत गर्न बजाइन्छ। यो धुन प्रायः नेवार समुदायले बजाउँछन्। विशेषगरी काठमाडौंका नेवार समुदायमा मालश्री धुन बजाउने चलन छ। ग्रिष्म ऋतुको अन्त्य र शरदको आगमनसँग यो धुन बजाउने गरिन्छ।

मालश्री धुनले नयाँ यामको शुरुवात भएको आभाष दिलाउँछ। ६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ। ६ वटा ऋतुका धुनमध्ये पहिलो हार्भेस्ट, दोस्रो हेमन्त, तेस्रो शरद, चौथो वसन्त, पाँचौं ग्रिष्म र छैटौं मनसुनका हुन्छन्।

मालश्री शरद ऋतुको धुन हो। इन्द्रजात्रा सकिएलगत्तै मनसुनको अन्तिम र शरद ऋतुलाई स्वागत गर्दै बजाइन्छ। नेवार समुदायको धुन भइकन पनि सबै जातजातिले आफ्नै धुनका रूपमा मालश्रीलाई लिन्छन्।

मालश्रीलाई सुख, शान्ति र समृद्धिको प्रतिक पनि मानिन्छ। र, यो धार्मिक उपासनाको ज्योति फैलाउने माध्यम पनि हो। त्यसै पनि हिन्दु संस्कृतिमा संगीत भन्नाले धार्मिक उपासनाका लागि प्रेरित गर्ने माध्यम मानिन्छ।

बडादसैंका १५ दिनमा यो सुरिलो धुन बजाउने गरिन्छ। मालश्रीको ‘माल’ले खाना र फलफूलको अर्थ जनाउँछ भने ‘श्री’ले सुख, समृद्धि, धन र कृषिलाई जनाउँछ। यसले नेपाल कृषिप्रधान मुलुक भएको संकेत पनि गर्छ। बालबालिकादेखि वृद्धवृद्धासम्मलाई यसले लठ्ठ बनाउँछ।

रेडियो र टेलिभिजनहरूमा मालश्री धुन बज्न नथालेसम्म दसैं आएको आभाष नहुने सर्वसाधारणको सोच पाइन्छ। यो गन्धर्व संगीतअन्तर्गत् पर्छ।

 ६ वटा ऋतुका धुनमध्ये मालश्री एक हो, जसको मधुर आवाजले दसैं आएको आभाष दिलाउँछ।

फूलपातिको दिन घर–घरमा फूलपाति भित्र्याउने चलन छ। यस दिन मालश्री धुनलाई देवताहरूका राजा इन्द्रलाई भेटीको रूपमा बजाउने गरिन्छ। इन्द्रलाई वर्षाका देवता पनि मानिन्छ। र, बालीको सुरक्षा र अन्न उब्जाउन सहयोगी देवताका रूपमा उनको पूजा हुन्छ।

रेडियो नेपालले ०२७ सालदेखि हरेक दसैंमा मालश्री नियमित रूपमा बजाउँदै आएको छ। ०४१ सालमा नेपाल टेलिभिजन सञ्चालनमा आएलगत्तै यसलाई श्रव्यदृश्यका रूपमा विकास गरिएको छ।

मालश्री धुनको आफ्नै मौलिकता छ। यो धुनमा सप्त मातृकाको गुणगान झल्किन्छ। नवदुर्गाको आराधनाका लागि पनि मालश्री धुन अनिवार्यझैं बनेको छ। संस्कृतिविद तेजेश्वरबाबु ग्वँगका अनुसार संस्कृतमा मालश्रीको ‘माल’ भन्नाले आमा बुझिन्छ भने श्री भन्नाले श्रीयन्त्र भन्ने बुझिन्छ।

दसैंमा दुर्गा भवानीको पुजा गरिन्छ, जसमा संसार चलाउने क्षमता रहेको धार्मिक विश्वास छ। तिनै दुर्गा भवानीको आराधना गर्ने धुनका रूपमा पनि नेवार समुदायले लिएको पाइन्छ। नेवारहरूले तन्त्र विद्याको आधारमा पनि यसलाई स्वीकार गरेका छन्। सबैमा श्रीयन्त्रको ज्ञान भने हुँदैन।

सुर अर्थात् देवताहरूले असुर अर्थात् राक्षसहरूलाई पराजय गरेको खुशीयालीमा बडादसैं मनाउने चलन शुरु भएको धार्मिक विश्वास छ। खासगरी, दुर्गा भवानीले राक्षसहरूको विनास गरेको खुशीमा बडादसैंको शुरुवात भएको मानिन्छ।  -अर्काइभबाट

प्रकाशित: Oct 01, 2022| 15:01 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।