आइतबार, मंसिर ७, २०८२

साल्टको विस्फोटक पारीमा इंग्ल्यान्डले पाकिस्तानलाई हरायो

लाहोरमा शुक्रबार राति सम्पन्न भएको छैटौं टी-२० क्रिकेटमा इंग्ल्यान्डले आठ विकेटको सानदार जित दर्ता गरेको हो।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काठमाडौं- पाकिस्तानी कप्तान बाबर अजामाको ८७ रनको ठूलो योगदानलाई फिका पार्दै इंग्ल्यान्डले टी-२० क्रिकेटमा जित निकालेको छ। लाहोरमा शुक्रबार राति सम्पन्न भएको छैटौं टी-२० क्रिकेटमा इंग्ल्यान्डले आठ विकेटको सानदार जित दर्ता गरेको हो।

National life

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले पुरा ओभर खेल्दै छ विकेटको क्षतिमा १६९ रन बनाएको थियो। जवाफमा इंग्ल्यान्डले दुई विकेट गुमाएर ३३ बल बाँकी रहँदै १७० रनको लक्ष्य पुरा गरेको थियो।

पाकिस्तानका लागि बाबर अजामले ५९ बलमा ८७ रन बनाएका थिए भने इफतिखर अहमदले ३१ रन बनाएका थिए। इंग्ल्यान्डका डेविड विले र साम कुरनले समान चार-चार ओभरमा दुई-दुई विकेट लिए।

जवाफमा फिल साल्टले ४१ बलमा १३ चौका र तीन छक्काका साथ ८८ रन बनाएका थिए। त्यस्तै, एलेक्स हाल्सले २७ रन बनाए भने डेविडमलन र बेन डुकेट्सले समान २६,२६ रन बनाएका थिए।

इंग्ल्यान्डका लागि शदब खानले मात्र दुई विकेट गिराउन सफल भएका थिए। यी दुई टिमबीचको अन्तिम टी-२० खेल भोलि हुनेछ। यो खेलले विजेता टिमको छिनोफानो हुनेछ।

Laxmi sunrise bank
kumari

सिरिजको पहिलो खेलमा खेल इंग्ल्यान्डले जितेको थियो भने दोस्रो, चौथो र पाँचौ  खेल पाकिस्तानले जितेको थियो। बाँकी(तेस्रो र छैटौं) खेलमा भने इंग्ल्यान्ड विजयी भएको छ। छ खेल सकिँदा दुवै टिमले समान ३-३ जित निकालेका छन्।

‘हामीले आज जसरी ब्याटिङ गरेका छौं। त्यो निकै प्रशंसनीय छ। हामीले झण्डै खेल किल गरेका थियौँ,’ खेलपछि मोइन अलीले भने, ‘हामीले प्रकृयामा विश्वास गरेर खेल्यौँ भने हामीले पछि पर्नु पदैन्।’ उनले अन्तिम अवस्थामा एक जित आवश्यक परेकाले निकै रोमाञ्चक हुने विश्वास गरेको बताएका छन्।

प्रकाशित: Oct 01, 2022| 09:12 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।