शुक्रबार, असोज २, २०८३

करेन्ट लागेर संखुवासभामा एक जनाको मृत्यु

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको प्रहरीले जनाएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

संखुवासभा- संखुवासभाको खाँदबारी नगरपालिका–१ चाँदनी चोकमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–९ का ४२ वर्षीय वद्री विष्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए।

शुक्रबार दिउँसो तीन बजे खाँदबारी–१ चाँदनी चोकस्थित नेपाल रेडक्रस सोसाइटीको ब्लड बैङ्कको निर्माणाधिन भवनमा काम गर्ने क्रममा साइट इन्चार्ज विष्ट करेन्ट लागेर घाइते भएका उपचारका क्रममा संखुवासभा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक गोदारले बताए। 

प्रकाशित: Oct 01, 2022| 08:29 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।