आइतबार, असोज १४, २०८०
  • गृहपृष्ठ
  • खेलकुद
  • नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको तालिकाले 'ग्राउन्ड स्टाफ'लाई सकस [तस्बिरहरू]

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको तालिकाले 'ग्राउन्ड स्टाफ'लाई सकस [तस्बिरहरू]

यता मैदानका क्युरेटर प्रदिप रावत भन्छन्, ‘पीचको कामहरु त धेरै हदसम्म भइसकेको छ। तर, हिजो रातभरी काम गर्दा पनि साइड स्कृनको काम सकिएको छैन। अब कसरी गर्ने हो। हामी हतारमा छौं।’
 |  शनिबार, असोज १५, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको खेल तालिका सार्वजनिक भइसकेको छ। असोज २३ बाट कात्र्तिक ३१ सम्म हुने प्रतियोगिता समू चरणका विजेता र उपविजेता सेमिफाइनलमा पुग्नेछन्।

sagarmatha cement

प्रतियोगिताको पहिलो खेलमा नै गण्डकीले मधेशको सामना गर्नेछ भने सुदूरपश्चिमले बागमतिको सामना गर्नेछ। समूह चरणमा हरेक दिन दुई खेल हुनेछन्। जहाँ १० दिनमा २० खेल हुनेछन्।

यसका लागि पोखरामा अहिले क्रिकेट मैदानको निर्माण कार्य अघि बढाइसकिएको छ। तर खेल तालिका हेरेर मैदानका क्युरेटर प्रदिप रावत अचम्मित छन्। अहिले पोखरामा उमेर समूहका खेलाडीको जिल्लास्तरिय प्रतियागिता भइसकेको छ।

त्यसपछि महिला क्रिकेट हुनेछ। ‘बीचमा एक दिन पनि ग्याप छैन। हिजो आएको तालिका मैले पनि हेरेँ। यो त कसरी हुन्छ। दुई खेल हुँदा मैदान स्टाफहरु त बिहान ५ बजे नै खेलस्थल पुग्नुपर्ने हुन्छ,’ रावतले नेपाल समयसँग भने, ‘बीचमा एक दिन पनि ग्याप नभएपछि हामीलाई त गाह्रो हुन्छ होला।’

‘अब यो मैदान पहिले नै बनाइसक्नुपर्ने त हो नि। अब सरकारी काम ढिलो त भइहाल्छ नि,’ केहि दिन अघि पोखरा क्रिकेट मैदानमा पुग्दा साइडस्कृनको लागि ढलानमा मसला हाल्दैगर्दा भेटिएका एक कामदारले भनेका छन्।

यता मैदानका क्युरेटर प्रदिप रावत भन्छन्, ‘पीचको कामहरु त धेरै हदसम्म भइसकेको छ। तर, हिजो रातभरी काम गर्दा पनि साइड स्कृनको काम सकिएको छैन। अब कसरी गर्ने हो। हामी हतारमा छौं।’

प्रतियोगिता मा २३ गतेदेखिको तालिका भए पनि आयोजक को भन्ने बारेमा कसले गर्ने भन्ने थाहा भइनसकेको उनले बताए। राष्ट्रिय खेलकुद परिषद्ले भने प्रतियोगिताको जिम्मा सम्बसन्धित संघलाई नै दिएको छ। तर पोखरा रंगशालामा क्यानका तीन स्टाफ मात्र रहका छन्। तिनै स्टाफलाई पनि दशैंमा बिदा दिनपर्ने हुन्छ।

रावतले भने, ‘यो खेलका लागि त हामीलाई १५ जनाभन्दा धेरै ग्राउन्ड स्टाफ चाहिन्छ। क्यानले दिएको अहिले तीन जान मात्र छ।’ पोखरा रंगशालामा काम गरिरहेका कामदारहरुले अहिले दशैंको विदामागिरहेका आफूलाई गाह्रो पर्ने रावत बताउँछन्। अनि क्यानबाटै संचालन गर्ने कि प्रदेश सरकारले गर्ने भन्ने पनि अहिलेसम्म दोधार रहेको उनले बताएका छन्।

गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुदकामा पुरुष सिनियर क्रिकेटका खेल सकिएका छन् भने महिलाको खेल बाँकी छैनन्।

खेलकुदमा राष्ट्रिय खेलकुद परिषद्ले समन्वय गरिरहेको खलकुदमा क्रिकेटका तालिका शुक्रबार निस्किएको हो। सहभागी ११ मध्ये महिला क्रिकेटमा एनआरएनए र त्रिभुव आर्मी क्लबले भाग लिएका छैनन्।

सहभागी एपीएफ क्लब, मधेश, गण्डकी, सुदूरपश्चिम र बागमति समूह ए मा रहेका छन्। त्यस्तै, समूह बीमा नेपाल पुलिस, कर्णाली, प्रदेश १ र लुम्बिनी रहेका छन्। त्यसो त केहि दिनअघि परिषद्का संयोजक राजेश गुरुङ मैदान अनुगमनमा गएका थिए। उनले पनि पिचको मात्र कुरा बुझेर फर्किएका छन्।

प्रकाशित: Oct 01, 2022| 08:04 शनिबार, असोज १५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

साग केलाउँदै छोराको खेल हेरेकी कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

साग केलाउँदै छोराको खेल हेरेकी कुशलकी आमा भन्छिन्- देशको नाम राख्यो, निकै खुसी छु

नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विरलै प्राप्त गर्ने सफलतासहितको कीर्तिमान बनाएपछि विश्वभर यसको चर्चा चलिरहेको छ। 
बुबाको अधियाँ कमाइले क्रिकेटर बनेका भीम सार्की

बुबाको अधियाँ कमाइले क्रिकेटर बनेका भीम सार्की

चार छोरा र एक छोरी अन्यको खेत कमाएर हुर्काएका वीरभानलाई अहिले माइला छोरा २२ वर्षीय भीम सार्कीले क्रिकेट खेलबाट नामसँगै दामसमेत दिलाएपछि फेरियो सार्की परिवारको...