बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा भएको आत्मघाती विस्फोटमा मृत्यु हुने अधिकांश किशोरी

अफगानिस्तानमा भएको आत्मघाती विस्फोटमा मृत्यु हुने अधिकांश किशोरी

अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

काबुल- अफगानिस्तानको राजधानीमा अवस्थित परीक्षा तयारीको खोलिएको एक शिक्षा केन्द्र शुक्रबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विष्फोट पश्चिमी काबुलको दश्त–ए–बर्ची छिमेकमा भएको थियो। अल्पसङ्ख्यक हजारा समुदायको मुख्य रूपमा शिया मुस्लिम क्षेत्र, अफगानिस्तानको सबैभन्दा घातक आक्रमणहरु लक्ष्य गरिएको पाइएको छ। 

विद्यार्थीहरु परीक्षाको तयारी गरिरहेका बेला यस शैक्षिक केन्द्रमा आत्मघाती बम हमला भएको थियो। दुर्भाग्यवश, १९ जना मारिएका छन् र अन्य २७ जना घाइते भएका  काबुल प्रहरीका प्रवक्ता खालिद जाद्रानले भन्नुभएको छ। 

यस उच्च शैक्षिक केन्द्रले विद्यार्थीहरूलाई मुख्यतया वयस्क पुरुष र महिलाहरूलाई विश्वविद्यालय प्रवेश परीक्षाको तयारी गर्न प्रशिक्षण दिने गरेको जनाइएको छ।  परिवारहरू क्षेत्रीय अस्पतालहरूमा पुगेका यहाँ एम्बुलेन्सहरू पीडितहरू लिएर आइपुगेका बताइएको थियो।  अस्पतालमा आफ्नी बहिनीलाई खोज्दै आएकी एक पीडित महिलाले एएफपीलाई १९ वर्षकी आफ्नी बहिनी फेला नपरेको बताएकी छिन्।

मारिनेमा अधिकांश केटीहरु छन्

kumari

अफगानिस्तानको राजधानीमा भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुनेमा अधिकांश केटीहरु रहेका आक्रमणमा घाइते भएका एक विद्यार्थीले एएफपीलाई बताएका छन्। 

‘हामी कक्षाकोठामा करिब ६०० जना थियौं, तर मृत्यु हुनेमा अधिकांश केटीहरु रहेका थिए,’  एक पुरुष विद्यार्थीले आफ्नो उपचार भइरहेको अस्पतालमा बताएका छन्।

प्रकाशित: Oct 01, 2022| 00:15 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।