मंगलबार, फागुन १९, २०८२

रुसी आक्रमणमा २३ युक्रेनी नागरिकको मृत्यु

जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडी रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन्।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

मस्को- युक्रेनले शुक्रबार मस्कोलाई दक्षिणी जापोरिज्जिया क्षेत्रमा नागरिक कारहरुमा  गोली हानेको आरोप लगाएको छ। यसमा परी कम्तीमा २३ सर्वसाधारणको ज्यान गएको बताइएको छ। यस आक्रमणमा परी २८ सर्वसाधारण घाइते भएका जापोरिज्जिया क्षेत्रीय गभर्नर ओलेक्जेन्डर स्टारुखले बताएका छन्। 

जापोरिज्जिया रुसी कब्जामा रहेको क्षेत्रका क्रेमलिन समर्थक अधिकारीले किभलाई दोष दिए र आक्रमणको पछाडी रुसी सेनाको हात रहेको अस्वीकार गरेका छन्। 

भ्लादिमिर रोगोभले सामाजिक सञ्जालमा युक्रेनी सेनालाई ‘आतंकवादी कार्य’ गरेको आरोप लगाउँदै भने, 'किभको शासनले रुसी सेनाले गरेको गोलाबारीलाई जघन्य उत्तेजनाको रूपमा चित्रण गर्ने प्रयास गरिरहेको छ।’ 

जापोरिज्जियाका गभर्नरले भने कि रुसी सेनाले ‘क्षेत्रीय केन्द्रबाट बाहिर निस्कने बाटोमा नागरिकहरुमाथि रकेट आक्रमण गरे’। ‘मानिसहरू अस्थायी रूपमा कब्जा गरिएको इलाका छोड्न, आफ्ना आफन्तहरूलाई लिन र सहयोग लिन लाइनमा उभिरहेका थिए,’ उहाँले सामाजिक सञ्जालमा भनेका छन्। 


प्रकाशित: Sep 30, 2022| 23:45 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।