मंगलबार, फागुन १९, २०८२

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सामेल गराउँने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन्।
 |  शनिबार, असोज १५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असोज १५, २०७९

इस्लामावाद- पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सामेल गराउँने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन्।

वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। 

पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु सङ्कटको विषयमा भारत र अन्य देशहरूसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्। 'जलवायु परिवर्तनको मुद्दामा हामीले सँगै काम गर्नुपर्छ। अमेरिका र चीनलाई यसमा सँगै काम गर्न आग्रह गर्छु,' उनले जोड दिए।

भर्खरै सम्पन्‍न संयुक्त राष्ट्रसंघ महासभामा भारतले आफ्नो आर्थिक र विदेश नीतिको विस्तारका निम्ति थुप्रै विकासशील र विकसित राष्ट्रहरूबाट प्रशंसा प्राप्त गरेको छ। कतिपय देशहरूले महासभामा भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावलाई पनि समर्थन गरेका थिए।

यद्यपि महासभामा आफ्नो सम्बोधनका क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले गत हप्ता भारतसँग शान्ति स्थापना गर्ने सवालमा आफ्नो इच्छुक रहेको बताउँदै कश्मीर मुद्दामा समेत ध्यानाकर्षण गराएका थिए।

kumari

'हामी भारत लगायत हाम्रा सबै छिमेकीहरूसँग शान्ति स्थापना गर्न खोज्छौं, दक्षिण एसियामा दिगो शान्ति र स्थिरता आवश्यक छ  तथापि जम्मु र कश्मीर विवादको भने न्यायसङ्गत र दिगो समाधानमा निर्भर रहन्छ,' सरिफले संयुक्त राष्ट्रसंघ महासभामा उल्लेख गरेका छन्।

'भारतले रचनात्मक संलग्नताका लागि सक्षम वातावरण सिर्जना गर्न विश्वसनीय कदमहरू चाल्नै पर्छ। हामी छिमेकी हौं र हामी सधैंभरि त्यस्तै व्यवहारको अपेक्षा चाहान्छौँ।  हामी शान्तिपूर्ण व्यवहार गर्ने कि एकअर्कासँग लडाएइरहने भन्ने छनौट हाम्रो हो,' उनले थपे।

भारत कश्मीरका सम्बन्धमा पुरानो केन्द्र शासित क्षेत्र भारतको अभिन्न अङ्ग हो भन्ने आफ्नो लामो समयदेखि दाबीमा अडिग छ। शहबाज शरीफको सरकार आएपछि पाकिस्तानले भारतप्रति मेलमिलापको दृष्टिकोण राखेको देखिन्छ। तर भारत सरकारले आतंकवाद र वार्ता सँगै नहुने अडान राखेको छ जसले सहज वार्ताबाट समाधान निकाल्न जटिल देखिन्छ।

प्रकाशित: Oct 01, 2022| 04:50 शनिबार, असोज १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।