मंगलबार, फागुन १९, २०८२

हैजाको विश्वव्यापी वृद्धि चिन्ताजनक : डब्लूएचओ

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको शुक्रबार चेतावनी दिएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले वर्षौंदेखिको गिरावटपछि विश्वमा हैजाको वृद्धि ‘चिन्ताजनक’ भइरहेको शुक्रबार चेतावनी दिएको छ।

सन् २०१७ देखि २०२१ को बीचमा हरेक वर्ष २० भन्दा कम देशमा हैजाको प्रकोप देखिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

डब्लूएचओको हैजा र महामारी झाडापखालासम्बन्धी टोलीका प्रमुख फिलिप बारबोजाले जेनेभामा भने, 'वर्षौंदेखि घट्दो सङ्ख्यापछि हामीले विगत एक वर्षमा विश्वभरि हैजाको प्रकोपको चिन्ताजनक वृद्धि देखिरहेका छौं।'

उनले भने, 'हामीसँग धेरै प्रकोपहरू मात्र छैनन्, तर प्रकोपहरू आफैमा बिस्तारित र अधिक घातक पाइएका छन्।'

उनका अनुसार सन् २०२१ मा औसत मृत्युदर अघिल्लो पाँच वर्षको तुलनामा झण्डै तीन गुणाले बढेको छ। बारबोजाका अनुसार गरिबी र द्वन्द्वजस्ता हैजाका लागि जिम्मेवार मानिने परम्परागत प्रभावहरूसँगै जलवायु परिवर्तन पनि यस समस्याको एक हिस्सा हो।

kumari

'बाढी, चक्रवात र खडेरी जस्ता जटिल जलवायु समस्याहरूले स्वच्छ पानीको पहुँचलाई अझ कम गर्छ र हैजाको लागि एक आदर्श वातावरण सिर्जना गर्दछ,' उनले भने, 'जलवायु परिवर्तनको प्रभाव तीव्र हुँदै जाँदा, हामीले हैजा रोकथामका लागि अहिले नै कदम नचालेमा स्थिति अझ खराब हुनसक्छ।'

प्रभावित देशहरूले तथ्याङ्क प्रस्तुत नगर्ने गरेका कारण डब्लूएचओसँग हैजाका कारण हुने मृत्युको सङ्ख्याको यकिन आँकडा छैन।

प्रकाशित: Sep 30, 2022| 21:21 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।