आइतबार, मंसिर ७, २०८२

महिला क्रिकेट खेलको तालिका सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद्ले यसै महिना गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको खेल तालिका शुक्रबार सार्वजनिक गरेको छ। 

National life

पोखरा क्रिकेट रङ्गशालामा आयोजना हुने महिला क्रिकेट असोज २३ गतेदेखि कात्तिक १ कात्तिकसम्म हुनेछ। महिला क्रिकेटमा विभिन्न नौ टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा एपिएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेका छन्। त्यसैगरी समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश–१ र लुम्बिनी प्रदेश छन्। 

प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेश र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ भने सोही दिन हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल हुनेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्।

नवौँ राष्ट्रिय खेलकुद औपचारिकरुपमा असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ। उक्त प्रतियोगिताअनन्तर्गत पुरुष क्रिकेट भने यसअघि नै आयोजना भइसकेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 30, 2022| 21:40 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।