आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • एमाले नेताले दिएको मानसिक तनावका कारण पार्टी छाड्न बाध्य भएँ : पूर्व उपमेयर

एमाले नेताले दिएको मानसिक तनावका कारण पार्टी छाड्न बाध्य भएँ : पूर्व उपमेयर

मोरङको पथरीशनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर तथा एमाले नेतृ यमुना विष्ट बास्तोलाले एमाले पार्टी परित्यागको घोषणा गरेकी छन्।
 |  शुक्रबार, असोज १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

vianetvianet

विराटनगर- मोरङको पथरीशनिश्चरे नगरपालिकाकी पूर्व उपमेयर तथा एमाले नेतृ यमुना विष्ट बास्तोलाले एमाले पार्टी परित्यागको घोषणा गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार पार्टीबाट अलग भएको बताएकी हुन्।

triton college

पार्टीका नेताहरुले झुटा आरोप लगाएर पार्टीमा बस्‍न नसक्ने अवस्थामा पुर्‍याएको उनको भनाइ छ। केन्द्रीय सदस्य युवराज बाँस्कोटाले आफ्नाविरुद्ध गलत प्रचार गर्दै हिँडेको उनको आरोप छ। एमाले नेताहरु निर्वाचन पराजित हुनुको दोष आफूमाथि थोपरिएको उनको आरोप छ।

‘राष्ट्रिय सभाको निर्वाचनमा एमाले उम्मेदवार गुरु बराल पराजित हुनुमा बाँस्कोटाले मेरो नाम लिँदै हिँडेको सुनेँ,' उनले लेखेकी छन्, 'मेराविरुद्ध अनेक आरोप लगाउँदै हिँड्ने र पार्टीको माथिल्लो कमिटीमा गलत रिपोर्टिङ गर्ने गरेको छन्।'

केन्द्रीय सदस्य बाँस्कोटाले आफूलाई मानसिक तनाव दिएकोबारे पार्टीमा सुनाउन खोज्दा पनि नेताहरुले फोन नउठाएको उनको गुनासो छ। विष्टले भनिन्,‘तनाव सहन नसकेपछि पार्टीबाट अलग हुने निर्णय लिएकी हुँ।’ विद्यालय तहबाट अनेरास्ववियु हुँदै एमालेमा संगठित भएर आएको उनले बताइन्। उनले भनिन्, 'मेरो भूगोलमा राम्रो भएको नेताहरुलाई पचेको छैन।’

मोरङबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने मध्येका बास्कोटा कम्युनिष्ट केन्द्रीय सदस्य हुन्। 

National life insurance

मोरङको पथरीशनिश्चरे घर भएका उनी अध्यक्ष केपी शर्मा ओलीसँगको निकट सम्बन्धका कारण सीधैँ केन्द्रीय सदस्य बनेका हुन्। पार्टीको महाधिवेशनमा भुगोलबाट प्रतिनिधि चयन हुन नसकेका उनी मनोनित प्रतिनिधि हुँदै केन्द्रीय सदस्य र मोरङ सहइन्चार्जको जिम्मेवारीमा पुगेका हुन्। पार्टी केन्द्रीय सदस्य भएपछि उनले पथरीशनिश्चरेका एमालेका पुराना नेताहरुलाई होच्याउने गरेको एक नेताले बताए। 

बाँस्कोटाका कारण पथरीमा एमालेमा फाटो आएको उनको भनाई छ। बाँस्कोटाले मिलाउने भन्दा पनि पार्टीमा विगार्ने काम बढी गरेको बताइएको छ। केन्द्रीय सदस्य बाँस्कोटाले आफूलाई लगाइएको आरोपबारे थाहा नभएको बताए। उनले भने,‘पार्टीको कार्यक्रममा छु। यसबारे मलाई थाहा भएन।’

प्रकाशित: Sep 30, 2022| 17:46 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।