बिहीबार, मंसिर १८, २०८२

किन सदन ताक्दैछन् कांग्रेसका यी युवा?

‘मेरो उम्मेदवारीको आकांक्षाले वर्तमान राजनीतिबाट उदासीन समुदायलाई झंकृत गर्नेछ र सामाजिक रुपान्तरणका लागि सकारात्मक माहोल खडा गर्नेछ,’ उनी भन्छन्।
 |  शुक्रबार, असोज १४, २०७९

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसमा निरन्तर वैचारिक हस्तक्षेप गर्ने युवाको नाम हो शंकर तिवारी। उनले प्रश्न मात्र गरेका छैनन् समाधानका सुत्र पनि निकाल्छन्।  सिके प्रसाई , प्रदीप गिरी ,नरहरि आचार्य पछि कांग्रेसमा देखिएको वैचारिक शुन्यता बाट बाहिर निकाल्ने शालीन साधक  हुन भन्नु अतियुक्ति हुने छैन।  'कसले सुधार्छ कांग्रेस?'   पुस्तक त्यो कुराको प्रमाण हो।  उनले चिन्तन मनन गर्ने नेता को छबि मा मात्र सीमित रहन चाहन्नन, उनी राम मनोहर लोहिया जस्तै आक्रामक संसद बन्न चाहन्छन।

National life

नेपाली कांग्रेसभित्र बौद्धिक युवा नेताको छवि बनाएका उनले नवलपुर-२ मा आकांक्षा देखाएका छन्। 

मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा राजनीतिका पुरानादेखि नयाँसम्मका अनुहारले उम्मेदवार बन्ने दाबी पेस गर्दै आएका छन्। स्वतन्त्र उम्मेदवारी घोषणा गर्नेहरूमा अधिकांश युवा उम्मेदवार हुँदा दलआबद्ध युवाले पनि आफूहरूलाई उम्मेदवार बनाइनुपर्ने मागदाबी गर्दै आएका छन्। 

कांग्रेस राजनीतिमा पुस्तान्तरणको मुद्दामा गर्दै आएका युवाले टिकटमा दाबी गर्नु अस्वाभाविक होइन। लामो राजनीतिक पृष्ठभूमि बोकेका नेतालाई मनाएर टिकट हात पार्ने प्रयासमा छन् कांग्रेसका युवापुस्ता। निर्वाचन आयोगले सार्वजनिक गरेको तालिकाअनुसार काम गर्न दल र तिनका नेता/कार्यकर्तालाई चाडपर्वको समयमा अझ बढी व्यस्त बनाएको छ। तिवारीको पनि दैनिकी आम नेताकार्यकर्ताको जस्तै छ।  

डेढ दशकदेखि ‍निरन्तर रूपमा राष्ट्रिय पत्रपत्रिका, एफएम, टीभी, पुस्तकमार्फत आफ्ना विचार सार्वजनिक गर्दै आएका छन्। महामन्त्री गगन थापा नेतृत्वको स्थानीय तह घोषणापत्र मस्यौदा समितिको सदस्य रहेका उनी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको घोषणापत्र मस्यौदा समितिका सदस्य पनि हुन्। कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानको अन्तर्राष्ट्रिय मामिलाका विज्ञ सदस्य भएर उनले काम गरेका थिए। तिवारी राजनीतिमा ‍गाउँदेखिको कार्यकर्ताभन्दा पनि अध्येताको रुपमा बढी सक्रिय छन्। उनी बीपी कोइरालाको समाजवादी दर्शनलाई व्यावहारिक रुपमा लागू गर्न संकल्पित रहेको बताउँछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 30, 2022| 16:55 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...