मंगलबार, साउन १९, २०८३

कांग्रेसले थाल्यो समानुपातिक उम्मेदवारको नागरिकता संकलन

कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फको उम्मेदवारहरुलाई शुक्रबार बिहानैदेखि टेलिफोनमार्फत नागरिकता प्रमाणपत्रको प्रतिलिपिसँगै आफ्नो व्यक्तिगत विवरण मागिएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फका सम्भावित उम्मेदवारहरुको नागरिकता संकलन गर्न थालेको छ।

कांग्रेस केन्द्रीय कार्यालयले प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फको उम्मेदवारहरुलाई शुक्रबार बिहानैदेखि टेलिफोनमार्फत नागरिकता प्रमाणपत्रको प्रतिलिपिसँगै आफ्नो व्यक्तिगत विवरण मागिएको छ। 

समानुपातिक तर्फका उम्मेदवारको संभावित सुची तयार पार्ने कार्य भने प्रधानमन्त्री निवास वालुवाटारमा महामन्त्रीद्धय र सहमहामन्त्रीहरुले गरिरहेको स्रोतले बताएको छ। पार्टी कार्यालयका सचिव प्रेम केसीले पार्टीका सम्भावित उम्मेदवारहरुलाई केन्द्रीय कार्यालयमा बोलाएर नागरिकता प्रमाणपत्रको प्रतिलिपि र उनीहरुको व्यक्तिगत विवरणसँगै उनीहरुको नाममा रहेको चल, अचल सम्पत्ति विवरण समेत संकलन गर्ने कार्य सुरु गरेका छन्। 

आयोगको कार्यतालिका अनुसार, यसअघि दलहरुले बुझाएको समानुपातिक सूचिमा देखिएको त्रुटि सच्याउनेदेखि संविधान र निर्वाचन कानुनमा व्यवस्था भए बमोजिमको समूहगत उम्मेदवारहरुको अन्तिम सूचि आइतबारसम्ममा बुझाइसक्नु पर्नेछ। विभिन्न राजनीतिक दलले आयोगमा यसअघि बुझाएको सूचि सार्वजनिक नभए पनि कांग्रेसको तर्फबाट केही व्यक्तिहरुले केही दिनअघि सार्वजनिक गरेको सूचिका आधारमा पार्टीभित्र संस्थापन र गैर संस्थापन पक्षबीच तीव्र मतभेद बढ्दै गइरहेको थियो। 

खास गरी सभापति शेरबहादुर देउवा र उनको पक्षले नेता शेखर कोइराला समूहलाई सम्मानजनक स्थान नदिएर पाखा लगाउने कार्य गरेको भन्दै असन्तुष्ट बढेको छ।

प्रकाशित: Sep 30, 2022| 14:31 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...