मंगलबार, साउन १९, २०८३

काठमाडौं-१ बाटै चुनाव लड्ने रवीन्द्र मिश्रको घोषणा

२०७४ को चुनावमा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने मिश्र १० हजार १ सय १८ मत पाएर पराजित भएका थिए।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेलगत्तै रवीन्द्र मिश्रले काठमाडौं-१ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने घोषणा गरेका छन्। राप्रपाका वरिष्ठ उपाध्यक्ष रहेका मिश्रले शुक्रबार राजधानीमा कार्यक्रम आयोजना गरी आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

मिश्रको उम्मेदवारी घोषणा सभामा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थित थिए। 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि उनी उम्मेदवार थिए। तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए।

२०७४ को चुनावमा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने मिश्र १० हजार १ सय १८ मत पाएर पराजित भएका थिए।

प्रकाशित: Sep 30, 2022| 14:11 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...