शनिबार, फागुन ३०, २०८२

पर्वत अस्पतालमा डेंगु परीक्षण गर्न कीटको अभाव

गत साउनदेखि बिरामीको संख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ।
 |  शुक्रबार, असोज १४, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १४, २०७९

पर्वत- पर्वतमा दिन प्रतिदिन डेंगु संक्रमणका बिरामीको संख्या बढ्दै गएको छ। गत साउनदेखि  बिरामीको संख्या बढ्दै जाँदा पर्वत अस्पतालमा भने कीट अभाव भएको छ।  

National life

अस्पतालमा कीट अभाव हुँदा डेंगुका लक्षण देखिएका बिरामी महँगो शुल्क तिरेर निजी अस्पताल तथा पोखरा र बागलुङ जान बाध्य भएका छन्। पर्वत अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले आफूहरूले नै खरिद गरेर ल्याएको दुई सय कीट परीक्षणको क्रममा सकिएकाले अहिले कीट नभएको बताइन्। 

उनका अनुसार केही समय पहिलेसम्म अस्पताललाई आवश्यक परेका सामग्री प्रदेशबाट जिल्ला स्वास्थ्य कार्यालयलाई दिएर, स्वास्थ्य कार्यालयले जिल्ला अस्पतालसहित जिल्लाका अन्य ठाउँमा रहेका स्वास्थ्य संस्थालाई उपलब्ध गराउने गरेको थियो तर अहिले त्यो नियम परिवर्तन गरेर स्वास्थ्यले वितरण नगरी प्रदेश आपूर्तिले प्रदेश ल्याबलाई र प्रदेश ल्याबले जिल्लामा रहेका अस्पताललाई सामग्री उपलब्ध गराउने नियम छ।

यही नियमका कारण स्वास्थ्य कार्यालयले अस्पताललाई परीक्षण कीट उपलब्ध गराउन नसक्ने स्वास्थ्य कार्यालय पर्वतका निमित्त कार्यालय प्रमुख सन्तोष पौडेलले जानकारी दिए। अहिले डेंगुको प्रभाव बढ्दै गइरहेको बेलामा नागरिकले पाउने स्वास्थ्यसम्बन्धी अधिकार सुनिश्चित हुनुपर्ने उनको भनाइ छ। स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालयमा नआउने भएकाले माथिबाट आउँछ कि आउँदैन भनेर पर्खिएर बस्नुभन्दा जिल्लाका सबै स्थानीय तहहरूले नै नागरिकको आधारभूत स्वास्थ्यको जिम्मेवारी लिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘केन्द्र र प्रदेश सरकारबाट कीट सप्लाई होला र अनि जाँचेर उपचार सुरु गरौँला भनेर नबस्नु।’ 

परीक्षण कीट ठूलो परिमाणमा किन्नुपर्ने भएकाले प्रदेश स्वास्थ्य मन्त्रालयको आपूर्ति महाशाखा टेन्डरको प्रक्रियामा जानुपर्ने र यही बेलामा आर्थिक वर्ष परिवर्तनपछिको समय रहेकाले अलि अभाव रहेको कुरा आफूले बुझेको अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरीले बताए।  माथिबाट कीट नआएको बहानामा बिरामीलाई निजी वा जिल्ला बाहिरका महँगा अस्पतालमा जान बाध्य नपार्नका लागि फरक शीर्षकको रकमबाट कीट ल्याएर भए पनि काम चलाइएको उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

जिल्ला अस्पतालले आठ सयमा डेंगुको परीक्षण गरिरहेको बेलामा बजारमा रहेका निजी स्वास्थ्य संस्थाले भने एक हजार दुई सय वा त्यसभन्दा बढी रकम लिने गरेका छन्। एकै प्रकारको कीटबाट परीक्षण गरेको भए पनि मूल्य भने कम्तीमा पनि पर्वत अस्पतालको भन्दा रु चार सयभन्दा बढी लिने गरेको परीक्षणमा गएका बताउँछन्।

प्रकाशित: Sep 30, 2022| 12:37 शुक्रबार, असोज १४, २०७९
प्रतिक्रिया दिनुहोस्