बुधबार, फागुन २०, २०८२

फिलिपिन्समा कारोना भाइरसका कारण थप ३४ को मृत्यु

पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

मनिला- फिलिपिन्समा कोरोना भाइरसका कारण थप ३४ जनाको मृत्यु भएको छ।

पछिल्लो एक दिनमा दुई हजार ५३६ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ। योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ९४ लाख पाँच हजार ५६६ पुगेको छ।  

स्वास्थ्य विभागले दिएको जानकारी अनुसार अहिले सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २८ हजार १७२ रहेको छ। फिलिपिन्समा कोरोना भाइरसका कारण अहिलेसम्म ६२ हजार ९६१ जनाको मृत्यु भएको विभागका अधिकारीहरुले जानकारी दिएका छन्। 

झण्डै एक करोड ३० लाख जनसङ्ख्या रहेको राजधानी मनिला महानगर क्षेत्रमा मात्रै पछिल्लो एक दिनमा एक हजार १४९ जना सङ्क्रमित भएका छन्। महानगरका १७ क्षेत्रमध्ये १३ क्षेत्रमा सङ्क्रमणको प्रभाव धेरै देखिएको स्वास्थ्य उपसचिव मारिया रोसारियो भेर्गेइरले जानकारी दिनुभयो।

मनिला महानगरलाई सरकारले कोरोना भाइरसको महामारीको संवेदनशील क्षेत्रका रुपमा वर्गीकरण गरेको छ।

kumari

प्रकाशित: Sep 29, 2022| 23:45 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।