बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्दिर पस्दा दलितमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ३ विरुद्ध जाहेरी

मन्दिर पस्दा दलितमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित ३ विरुद्ध जाहेरी

त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारमाथि कुटपिट गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी दर्ता भएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

बाजुरा- मन्दिर प्रवेश गरेका दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा वडाध्यक्षसहित तीन जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएको छ। त्रिवेणी नगरपालिका-७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरी पूजापाठ गरेको भन्दै टेकेन्द्रसिंह सुनारमाथि कुटपिट गरेको आरोपमा उनीहरूविरुद्ध जाहेरी दर्ता भएको हो। 

National life

बाजुरा जिल्ला त्रिवेणी नगरपालिका-७ कै वडाध्यक्ष जुद्धबहादुर अयडी, सोही स्थानका रंगलाल पाध्याय र विनोद अयडीले ती दलितमाथि कुटपिट गरेको आरोप जाहेरीमा छ। वडाध्यक्षलाई भने पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अयडी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। रंगलाल र विनोद हालसम्म फरार छन्। 

उनीहरुमाथि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा अनुसन्धान हुनुपर्ने माग गरिएको छ। नवरात्रमा पूजा गर्न कन्चनपुरबाट सुनार बाजुराको उक्त मन्दिर पुगेका थिए। 


प्रकाशित: Sep 29, 2022| 21:14 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।