बिहीबार, वैशाख ३१, २०८३

चाडपर्वमा सवारी दुर्घटना बढ्दै

कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

सुर्खेत- कर्णाली प्रदेशमा प्रत्येक वर्षको चाडपर्वका बेला सवारी दुर्घटना बढेको देखिएको छ। चाडपर्व लक्षित सुरक्षा योजना बनाइए पनि त्यसको कार्यान्वयन नहुँदा दुर्घटना बढेको हो। विशेषगरी क्षमताभन्दा धेरै यात्रु राख्ने र ट्राफिक नियमको उल्लङ्घन गर्ने जस्ता कारणले दसैँ तिहारमा दुर्घटना हरेक बर्ष बढेको देखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले पुष्टि गर्छ। 

National life

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णालीमा चाडपर्वका समयमा दुर्घटनाबाट ठूलो धनजनको क्षति हुने गरेको छ। मङ्गलबार बिहान मात्रै सल्यानको कपुरकोटमा रा१ज ५६३ नम्बरको जीप दुर्घटनाबाट आठ जनाको निधन भएको छ। 

प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कलाई केलाउँदा गत वर्षको दसैँ तिहारमा मात्रै २१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा परी गत वर्ष दसैँका समयमा ३७ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। 

दसैँमा ठूलो मानवीय क्षति हुनेगरी मुगुमा बस दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। यस्तै सुर्खेतमा नौ वटा सवारी दुर्घटनामा तीन जनाको मृत्यु र २२ जना घाइते हँुदा दैलेखमा चार  सवारी दुर्घटनामा सात जना घाइते भएका थिए। 

त्यसैगरी सल्यानमा दुई सवारी दुर्घटनामा १६ जना घाइते भएका थिए भने जाजरकोट, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा एक÷एक सवारी दुर्घटना हँुदा, दुई जनाको मृत्यु भएको तथ्याङ्क रहेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए। 

चाडपर्वका बेलामा चालकले मादक पदार्थ सेवन (मापसे) को प्रयोग गर्ने, क्षमताभन्दा धेरै यात्रु राख्नेलगायतका कारण दुर्घटना बढेको श्रेष्ठले बताउनुभयो। दुर्घटना न्यूनीकरणका लागि प्रहरीले आफ्नोतर्फबाट भरमग्दुर प्रयास गर्दै आएको भन्दै उनले प्रहरीले मात्रै प्रयास गरेर नहुने बताए। 

उनले भने, 'प्रहरीले आफ्नोतर्फबाट दुर्घटना न्यूनीकरण गर्न धेरै प्रयास गरेको छ, तर हाम्रो प्रयासले मात्रै केही हुँदैन। यसमा सबै पक्षको उत्तिकै भूमिका हुन्छ, अनि मात्रै दुर्घटना न्यूनीकरण गर्न सकिन्छ।'

प्रकाशित: Sep 29, 2022| 22:45 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।