शुक्रबार, असोज २, २०८३

सहुलियत मूल्यको चामलले विपन्‍नलाई राहत

सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँडे। उनले केही दिनदेखि निगुरो बेचेर चामल किन्ने पैसाको जोहो गरेको बताए।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

झापा- सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँडे। उनले केही दिनदेखि निगुरो बेचेर चामल किन्ने पैसाको जोहो गरेको बताए।

राजवंशीसँगै चारआली जङ्गलमा निगुरो खोजेर विर्तामोडमा बिक्री गर्ने ठग्ना राजवंशी पनि दसैँका लागि चाहिने चामल सोही कार्यालयबाट खरिद गरेको बताउछन्। 'बजारमा भन्दा यहाँ सस्तो छ,' राजवंशीले भने, 'किलोमा सात रुपियाँ बच्छ, त्यसले नुन तेल आउँछ। वर्षेनी यहीँबाट लान्छु।' सहुलियत मूल्यको चामलले हुने खानेलाई भन्दा विपन्नलाई राहत पुगेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैं सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ। यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन्। असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ। 

कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताउनुभयो। कार्यालयबाट हाल दैनिक ६०-७० जनाले चामल खरिद गर्ने गरेका छन्। हालसम्म ५० क्वीन्टल चालम बिक्री भइसकेको छ। उनले भने, 'दसैँ सुरु भएपछि चामल किन्नेको भीड बढ्न थाल्यो।' भीडलाई व्यवस्थित गर्न कार्यालयले कुपन सिस्टम लागू गरेको छ।

सरकारले यसपटक चामलमा प्रतिकेजी रु सात छुट दिएको छ। कार्यालयले बासमती, स्टिम जिरा मसिनो र अलुवा सोना मन्सुली चामल सहुलियत मूल्यमा बिक्री गरेको छ। बासमती चामलको बजार मूल्य रु एक सय सात, सोना मन्सुलीको रु ४९ र स्टिम जिरा मसिनाको रु ६८ रहेकोमा सबैमा रु सात कम गरेर कार्यालयबाट बिक्री भएको छ।

चामल खरिदकर्ताले एक पटकमा तीनै प्रकारका चामल एक-एक बोरा खरिद गर्न सक्छन्। एउटै प्रकृतिको चामल भने एक बोरा मात्र खरिद गर्ने सकिने व्यवस्था मिलाइएको छ। सहुलियत मूल्यको चामल खरिद गर्न आउने उपभोक्ताले राष्ट्रिय परिचय खुल्ने कागजात ल्याउनुपर्छ। 

असोज १ गतेदेखि दसैँ, तिहार र छठलाई लक्षित गर्दै बिक्री सुरु गरिएको चामल कात्तिक १५ गतेसम्म बिक्री हुनेछ। कार्यालयले बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म चामल बिक्री गर्छ। यस कार्यालयबाट सहुलियत मूल्यको चामल पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङ  पठाइन्छ।

सरकारले उपभोक्तलाई चाडपर्वमा खाद्यवस्तु, चामल, गहुँ, दाल, चिउरा, आटाको पिठो, तोरीको तेल, सनफ्लावर तेल सहुलियत मूल्यमा बिक्री गर्न अनुमति दिए पनि विर्तामोड कार्यालयमा भने चामल मात्र रहेको प्रमुख राईले जानकारी दिए। 



प्रकाशित: Sep 29, 2022| 21:40 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।