बिहीबार, वैशाख ३१, २०८३

दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण

चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

तम्घास- गुल्मीमा सवारी दुर्घटना कम गर्न न्यूनतम समय निर्धारण गरिएको छ। सवारी व्यवस्थापन जिल्ला समिति गुल्मीको बिहीबार बसेको बैठकबाट न्यूनतम समय निर्धारण गरिएको हो।

National life

चाडपर्वको समयमा सवारी दुर्घटना बढ्न सक्ने भएकाले मदन भण्डारी राजमार्गअन्तर्गत तम्घास-रिडी सडकमा न्यूनतम समय निर्धारण गरिएको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।

सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी र पत्रकारको सहभागितामा भएको बैठकले साना र ठूला सवारीसाधनलाई छुट्टाछुट्टै समय निर्धारण गरेको छ। तम्घास–रिडीको लागि साना सवारीको न्यूनतम समय १ घण्टा ३० मिनेट र ठूला सवारीको २ घण्टा समय तोकिएको छ। 

रिडी–तम्घासको लागि साना सवारीको १ घण्टा ४५ मिनेट र ठूला सवारीको २ घण्टा १५ मिनेट समय तोकिएको छ। यो सडकखण्ड ४५ किलोमिटर दुरीको छ। तोकिएको समय सवारी आवतजावतको लागि न्यूनतम हो। उकालो र ओरालोको आधारमा समय छुट्टाछुट्टै निर्धारण भएको हो।

तोकिएको न्यूनतम समय अगावै सवारी आवतजावत गरेमा कानुनी कारबाही हुने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए। तीव्र गतिका कारणले हुनसक्ने दुर्घटनाप्रति लक्षित गर्दै न्यूनतम समय निर्धारण भएकोले नियम अक्षरशः पालना गर्न रानाभाटले सम्बन्धित पक्षलाई आग्रह गरे।

चाडपर्वको क्रममा हुने सवारी दुर्घटना शून्य पार्न सबैले ट्राफिक नियम पालना गर्नुपर्ने जिल्ला ट्राफिक कार्यालयका प्रमुख कृष्णप्रसाद आचार्यले बताए। तम्घास–रिडी सडकखण्ड साँघुरो र निकै व्यस्त रहेकाले न्यूनतम समय निर्धारण गरिएको हो। त्योबाहेक गुल्मीअन्तर्गत अन्य सडकखण्डमा समय निर्धारण भएको छैन। 

प्रकाशित: Sep 29, 2022| 22:00 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।