बिहीबार, वैशाख ३१, २०८३

पहिरो खस्दा त्रिशूली-गल्छी सडक अवरुद्ध

नुवाकोटको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- नुवाकोटको बेलकोटगढी नगरपालिका ७ बुधसिङघाटमा बिहीबार अपराह्न ५ बजे सुख्खा पहिरो खसेपछि त्रिशूली-गल्छी सडक अवरुद्ध बनेको छ। 

National life

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डिएसपी रुपक खड्काले ठूलो पहिरो खसेका कारण पन्छाउनका लागि समय लाग्‍ने बताएका छन्। उनले भने, 'पहिरो ठूलो खसेको छ। तत्काल पहिरो पन्छाउन सक्ने अवस्था छैन, समय लाग्छ।' 

यात्रु तथा सवारीका लागि वैकल्पिक मार्ग छहरे-टोखा सडक खण्ड प्रयोग गर्नुपर्ने अवस्था भएको उनले जानकारी दिए। पहिरो सडकबाट त्रिशूली नदीसम्म पुगेको पनि उनले बताए। 

काठमाडौं हुँदै धादिङको गल्छी, मकवापुरको हेटौंडा र चितवन नारायणगढ हुँदै नुवाकोट र रसुवा आउने सवारी बुधसिङघाट पर महादेवफाँटमा रोकिएका छन्। नुवाकोट र रसुवा हुँदै गल्छी जाने गाडी काँशीटारतर्फ रोकिएका छन्।

प्रकाशित: Sep 29, 2022| 18:58 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।