शुक्रबार, असोज २, २०८३

अमेरिकी राजदूतद्वारा राष्ट्रपतिसँग बिदाई भेट

नेपालका लागि अमेरकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेका छन्। राजदूत बेरीले बिहीबार शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- नेपालका लागि अमेरकी राजदूत र्‍याण्डी बेरीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार बिदाई भेट गरेका छन्। राजदूत बेरीले बिहीबार शितल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्। 

उक्त अवसरमा नेपाल र अमेरिकाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। 

राजदूत बेरी आफ्नो कार्यकाल सकेर फिर्ता हुँदैछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले राजदूत बेरीलाई नामिबियाको राजदूतमा सिफारिस गरेका छन्। बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन्। 

उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्यूरोमा उपसहायक सचिव थिए। साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरेका थिए। 

उनले नेपालमा अमेरिकी राजदूतावास काठमाडौंको डेपुटी चीफ अफ मिशन, दुई पटक प्रिन्सिपल अफिसर र कन्सुलर जनरल समेत भएका थिए। त्यसभन्दा पहिले अकल्याण्ड, न्यूजील्याण्डको अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा समेत उनले काम गरेका छन्।

बेरी फर्किएपछि नेपालमा अमेरिकी राजदूतका रुपमा डिन थम्सन आउने भएका छन्। अमेरिकी राष्ट्रपति बाइडनले थम्पसनलाई नेपालका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। 

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला व्युरोका उपसहायक सचिव हुन्। अमेरिकी नीति र सो क्षेत्रका देशहरुसँगको सम्बन्धबारे हेर्ने जिम्मा उनलाई थियो।  थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ।

उनले मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रुपमा काम गरेका थिए। उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलकातामा अमेरिकी कन्सुलर जनरल र श्रीलंकाको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रुपमा काम गरेको अनुभव छ।

प्रकाशित: Sep 29, 2022| 18:27 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।