बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल-भारत सुरक्षा बैठक : सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति

नेपाल-भारत सुरक्षा बैठक : सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति

नेपाल-भारत सीमा सुरक्षा बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्‍न भएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- नेपाल-भारत सीमा सुरक्षा बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने सहमति गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको छैटौं समन्वयात्मक बैठक बिहीबार सम्पन्‍न भएको हो। 

National life

असोज ११ गतेबाट सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा सुरु भएको सो बैठकको बिहीबार सीमा सुरक्षासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्पन्‍न भएको हो। 

बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा भारतको सशस्त्र सीमा बलको तर्फबाट महानिर्देशक सुजय लाल थाओसेनले नेतृत्व गरेका थिए।

बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजाने, सीमापार अपराध नियन्त्रण गरी सीमा सुरक्षालाई थप सुरक्षित बनाउन दुई सुरक्षा निकायबीच निरन्तर समन्वय र सहकार्य तथा सूचना आदनप्रदान गर्ने सहमति भएको एपीएफका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए। 

यसका साथै सीमा नाकामा हेल्प डेस्क स्थापना गर्ने कार्यलाई निरन्तरता दिँदै सीमा क्षेत्रमा प्रभावकारी कार्य गर्ने सहमति भएको पनि बताइएको छ। 

प्रकाशित: Sep 29, 2022| 18:07 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।