बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अविवाहित महिलाले पनि २४ सातासम्मको गर्भपतन गराउन सक्छन् : भारतीय सर्वोच्च अदालत

अविवाहित महिलाले पनि २४ सातासम्मको गर्भपतन गराउन सक्छन् : भारतीय सर्वोच्च अदालत

गर्भपतनका विषमय महिलालाई विवाहित र अविवाहित गरी विभाजन गर्नु संवैधानिक प्रावधानविपरीत भएको समेत उल्लेख गरेको छ। विवाहित महिलालाई मात्र गर्भपतन अधिकारको हुन्छ भन्नु पश्चगामी हुने अदालतको व्याख्यामा उल्लेख छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

नयाँदिल्ली (भारत)- भारतको सर्वोच्च अदालतले अविवाहित महिलाले पनि २४ सातासम्मको गर्भपतन गर्न सक्ने व्याख्या गरेको छ। न्यायाधीशहरू डी वाई चन्द्रचुड, जेबी पार्दिवाला र एस बोपान्नालेको इजलासले यस्तो व्याख्या गरेको हो। 

National life

भारतमा गर्भपतन कानुन (मेडिकल टर्मिनेसन अफ प्रिग्नेन्सी-एमटीपी) ऐनमा विवाहित महिलालाई मात्र २४ सातासम्मको गर्भपतन गर्ने व्यवस्था गरेको दाबी गरिँदै आएको थियो। तर सर्वोच्चले त्यसलाई खारेज गर्दै सबै महिलाले उक्त अवधिसम्मको गर्भपतन गर्न पाउने व्याख्या गरिदिएको हो। 

गर्भपतनका विषमय महिलालाई विवाहित र अविवाहित गरी विभाजन गर्नु संवैधानिक प्रावधानविपरीत भएको समेत उल्लेख गरेको छ। विवाहित महिलालाई मात्र गर्भपतन अधिकारको हुन्छ भन्नु पश्चगामी हुने अदालतको व्याख्यामा उल्लेख छ।

'यी अधिकारको अभ्यास गर्न महिला स्वायत्त/स्वतन्त्र छन्,' इजलासका न्यायाधीश चन्द्रचुडले लाइभ लसँग भनेका छन्। अदालतले महिलालाई प्रजनन अधिकार भएकोसमेत उल्लेख गरेका छन्। 

प्रकाशित: Sep 29, 2022| 17:45 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।