मंगलबार, वैशाख २९, २०८३

डेंगुबाट मृत्यु हुनेको संख्या ३८ पुग्यो, २८ हजार १०९ मा संक्रमण

डेंगु संक्रमितको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सातै प्रदेशका ७६ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

National life

काठमाडौं- नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जनाको डेंगुबाट मृत्यु भएसँगै देशभर डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको हो। 

डेंगु संक्रमितको संख्या २८ हजार १०९ पुगेको मन्त्रालयले जानकारी दिएको छ। नेपालमा सातै प्रदेशका ७६ जिल्लामा डेंगु संक्रमण पुष्टि भएको छ। 

सबैभन्दा धेरै बागमती प्रदेशमा २१ हजार ९७५ जनामा डेंगु पुष्टि भएको छ भने सबैभन्दा कम कर्णालीमा २३८ जना संक्रमित छन्। मुस्ताङबाहेक सबै जिल्लामा यसको संक्रमण पुष्टि भएको छ। 

प्रकाशित: Sep 29, 2022| 17:03 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्