बुधबार, फागुन २०, २०८२

तालिबान सरकारले रुससँग तेल, ग्यास र गहुँ खरिद गर्ने

तालिबान सरकारले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काबुल- तालिबान सरकारले रुससँग गहुँ, ग्यास र तेल खरिद र आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ। तालिबानका प्रवक्ताले पेट्रोल, डिजेल, ग्यास र गहुँ लगायतका उत्पादनहरू रूसी मुद्रामा विशेष छुट हुनेगरी खरिद गर्न लागेको खामा प्रेस समाचार एजेन्सीले जनाएको छ। 

युक्रेनमा आक्रमण गरेपछि रुसमाथि लगाइएका प्रतिबन्धका कारण यो सम्झौता बताइएको छ। पश्चिमी देशहरूले रुसमाथि  बन्देज लगाएपछि  मस्कोले आफ्नो निर्यात युरोपबाट एसियातर्फ सार्न बाध्य भएको छ। आर्थिक विकास, व्यापार र ट्रान्जिट तालिबान गत वर्ष अगस्टमा सत्तामा आएदेखि उच्च प्राथमिकतामा  राखेको छ। इस्लामिक समूहले यस क्षेत्रका देशहरूसँग कूटनीतिक र आर्थिक संलग्नता जारी राखेको छ।

यस वर्षको शुरुमा उच्चस्तरीय तालिवान प्रतिनिधिमण्डलले रुसको भ्रमण गरेपछि यो सम्झौता भएको हो। मस्को बाहेक कयस क्षेत्रका देशका थुप्रै कम्पनीहरूले अफगानिस्तानको निकासी उद्योग क्षेत्रमा लगानी गर्न चासो देखाएका छन्।

तालिवान नेतृत्वले  आफूहरू अन्तरराष्ट्रिय समुदायसँग व्यापार सम्झौताको निरन्तर खोजीमा रहेको बताउँदै आएको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले अफगानिस्तानको अर्थतन्त्र गम्भीर आर्थिक संकुचन र तालिवानको कब्जापछि आएको बैंकिङ तथा वित्तीय संकटका कारण निकै कमजोर भएको बताएइको छ। 'उपलब्ध तथ्याङ्कले भन्सार र गैरकर स्रोतहरूद्वारा सञ्चालित जुन महिनासम्मको राजस्व सङ्कलन गत वर्षको सोही अवधिमा रेकर्ड गरिएको स्तरसँग बराबर रहेको र कोइला र फलफूलबाट सञ्चालित निर्यातले विगतको आँकडालाई उछिनेको देखाएको छ,; संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सुरक्षा परिषद्लाई दिएको पछिल्लो त्रैमासिक प्रतिवेदनमा सो बारे उल्लेख गरिएको छ।

राजनीतिक अनिश्चितता, सेवाहरूमा अपर्याप्त पहुँच र आर्थिक सहभागिताबाट महिला बहिष्करणका कारण सहायता प्रवाहमा अचानक रोक लगाइनुले आर्थिक वृद्धिमा समस्या आएको देखिएको छ ।

kumari

प्रकाशित: Sep 29, 2022| 15:46 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।