मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • साबा च्याम्पियनसिपमा नेपाल अर्को पटक उपविजेता, उपाधि श्रीलंकालाई

साबा च्याम्पियनसिपमा नेपाल अर्को पटक उपविजेता, उपाधि श्रीलंकालाई

दक्षिण एसियाको सबैभन्दा ठूलो सिनियर महिला बास्केटबल प्रतियोगिता साबा च्याम्पियनसिपमा नेपाल फेरि एकपटक उपविजेता भएको छ। माल्दिभ्समा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता भएको हो।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं– दक्षिण एसियाको सबैभन्दा ठूलो सिनियर महिला बास्केटबल प्रतियोगिता साबा च्याम्पियनसिपमा नेपाल फेरि एकपटक उपविजेता भएको छ। माल्दिभ्समा सम्पन्न प्रतियोगितामा नेपाल उपविजेता भएको हो। नेपाल उपविजेता भएको छ भने श्रीलंकाले लगातार उपाधि जितेको छ।

बुधबार सम्पन्न आफ्नो अन्तिम खेलमा नेपालले भुटानमाथि सानदार जित निकालेको थियो। यससँगै उसले उपाधि जित्ने आशा कायम नै राखेको थियो। तर, अन्तिम खेलमा श्रीलंकाले माल्दिभ्सलाई ७२–५९ ले हराएपछि नेपालको उपाधिको आशा सकिएको हो। प्रतियोगिता लिग शैलीमा भएको थियो।

जहाँ नेपालले माल्दिभ्सबाहेक सबै प्रतियोगिलाई हराएको हो। यससँगै दुई जित र एक हार बेहोरेको नेपालले चार अंक जोडेको थियोे। समान दुई खेल जितेको श्रीलंका नेपालभन्दा श्रीलंका स्कोरले अघि रह्यो र उपाधि जित्यो।

सात वर्षअघि नेपालमै भएको प्रतियोगितामा पनि श्रीलंकाले उपाधि जितेको थियो। नेपाल उपविजेता भएको थियो।

प्रतियोगितामा नेपालसहित आयोजक माल्दिभ्स, श्रीलंका र भुटान थिए। चार देश मात्र भएका कारण प्रतियोगिता लिग चरणमा आयोजना गरिएको थियो। जहाँ नेपालले पहिलो खेलमा माल्दिभ्ससँग ५१–४७ ले हराएको थियो।

kumari

दोस्रो खेलमा भने नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको थियो। भने अन्तिम खेलमा नेपालले भुटानविरुद्ध ६५–२६ को जित निकाले पनि उपाधिका लागि पर्याप्त रहेन्। प्रतियोगिताको अन्तिम खेलमा आज भुटान भाल्दिभ्स खेल्दैछन्।

प्रकाशित: Sep 29, 2022| 13:53 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।