मंगलबार, साउन १२, २०८३

बत्तीसपुतलीमा शेखर समूहको चियापान

नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला पक्षले आज दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला पक्षले आज दसैं, तिहार, नेपाल संवत र छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ। 

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ८ बजेबाट चियापान कार्यक्रमको आयोजना गरिएको हो। ‘पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका निम्ति’ कार्यक्रम आयोजना गरिएको आयोजक नेपाली कांग्रेस खबरदारी अभियानले जनाएको छ। 

कार्यक्रममा डा. शेखर कोइरालासहित उक्त समूहमा रहेका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी भएका छन्। कार्यक्रममा शेखर, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे, डा. मीनेन्द्र रिजाललगायत नेता सहभागी छन्। 

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक सूची एक पक्षीय रूपमा निर्वाचन आयोगमा पेस गरेको भन्दै कांग्रेसको कोइराला पक्ष आन्दोलित छ। 

प्रकाशित: Sep 29, 2022| 11:00 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।