शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनीमा विद्युतीय गाडी सञ्चालन

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरेका छन्।
 |  बिहीबार, असोज १३, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १३, २०७९

बुटवल- दसैंको अवसर पारेर लुम्बिनी विकास कोषले बिहीबारदेखि विद्युतिय गाडीको अफिसियल यान्त्रिक परीक्षण गरिएको छ। लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, कोषाध्यक्ष सिद्विचरण भट्टराईले शुभारम्भ गरेका छन्।

National life

पाँतवटा विद्युतिय बस लुम्बिनी एयपोर्ट बेलहिया हुँदै रामग्राम , लुम्बिनी एयरपोर्ट हुँदै बुटवल गोलपार्क, लुम्बिनी देखि तिलौराकोट साईट परिक्रमा, लुम्बिनी वरिपरि सटल बस,  लुम्बिनी देखि एएरपोर्ट बेलहिया मणिग्रँम हुँदै देवदह रूटमा गाडी चल्नेछन्। 

होटल एशोसिएसन, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी, कोषको तर्फबाट एक-एक वटा बसका लागि चालकहरुको जिम्मेवारी लिएका छन। कम्तिमा १५ दिन सम्म नै यो सेवा सञ्चालन गरी परिक्षणकाल सकेर औपचारिक सुरु गर्ने कोषले जनाएको छ। यी सबै रुटहरुमा नि:शुल्क गाडी चल्नेछन। 

कोषको सचिवालय बैठकले बोर्ड सदस्य बिश्वराज पौडेलको संयोजकत्वमा तीन सदस्यीय परिक्षण इकाई पनि गठन गरेको छ। यसअघि कोषाध्यक्ष सिद्धिचरण भटराईको संयोजकत्वमा गठीत कार्यदलले बिद्युतिय बस सञ्चालनका लागि कार्यविधि बनाएर कोषका अध्यक्ष सस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री जिवनराम श्रेष्ठलाई बुझाईसकेको छ। विद्युतिय गाडीको अफिसियल यान्त्रिक परीक्षण गर्न गृहमन्त्री बालकृष्ण खाणले केही दिनअघि निर्देशन दिएका थिए।

प्रकाशित: Sep 29, 2022| 10:37 बिहीबार, असोज १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।